जेठ ५

साउथ एशिया चेक / सोमबार, जेठ ८, २०७४

द हिमालयन टाइम्समा प्रकाशित “थारुहट र मधेस आन्दोलन राजनीतिक: सरकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लेखनाथ पण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः मन्त्री परिषद सम्बद्ध स्रोत ।

द काठमाडौं पोस्टमा प्रकाशित “नतिजा आउँदै गर्दा नेपाली कांग्रेसद्वारा कमजोरी स्वीकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः केही नेता र नेपाली कांग्रेसका एक नेता  । यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित “जेठ १५ मै पूर्ण बजेट आउने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण ज्ञवालीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक उच्च अधिकारी र सोही मन्त्रालयका अर्का अधिकारी ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री