पुष २२

साउथ एशिया चेक / मंगलबार, पौष २६, २०७३

नागरिकमा प्रकाशित ‘प्रधानन्यायाधीशको ‘ग्रिन सिग्नल” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रकाश तिमल्सिनाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित ‘एयरपोर्टबाट त्रिपक्षीय मिलेमतोमा सुन तस्करी, लुत्तै छिर्छ सनको भारी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक खरेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रहरी उच्चस्रोत, प्रहरी स्रोत, स्रोत र केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी ।

नागरिकमा प्रकाशित ‘ज्ञवालीसँग फेरि २४ घन्टे स्पष्टिकरण’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अर्जुन सुवेदीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारी ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘माओवादी, कांग्रेस र मोर्चाबीच संशोधन विधेयक दर्ता पेस गर्ने सहमति’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता।

द काठमाडौं पोस्टमा प्रकाशित ‘प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लेखनाथ पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः मन्त्रिपरिषद्सम्बद्ध एक स्रोत र ज्ञवालीका एकजना निकट सहयोगी।

रिपब्लिकामा प्रकाशित ‘प्रेरणाको दाइजो भनिएको जमिन नेपाल ट्रस्टकोः सर्वोच्च’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नविन खतिवडाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक ठाउँमा कानुनी विज्ञहरू र सरकारी अधिकारीहरू र अर्को एक ठाउँमा ट्रस्टका अधिकारीहरू।

रिपब्लिकामा प्रकाशित ‘सरकारले प्राधिरणप्रमुखलाई बर्खास्त गर्ने, दोस्रोपटक स्पष्टिकरण सोधियो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर संगीत संग्रौलाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका एक उच्च पदस्थ अधिकारी र एक मन्त्री ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री