पुस १० गते

साउथ एशिया चेक / मंगलबार, पौष १४, २०७२

कान्तिपुरमा प्रकाशित बलराम बानियाँले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “दुई मन्त्रालय थप्दा ३ अर्बको भार” मा नाम नखुलाइएका एक सरकारी अधिकारी, मन्त्रिपपरिषद्को स्रोत र अर्थ मन्त्रालयका एक अधिकारीलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित राजेश बर्माले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “इन्धन तस्करको हातमा १५ अर्ब” मा नाम नखुलाइएलको निगम स्रोत र निगमका एक अधिकारीलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित पूर्ण बस्नेतले हङ्कङ् डेटलाइनमा तयार पारेको समाचार “इन्धन दिन चीन तयार” मा नाम नखुलाइएका एक नेपाली अधिकारीलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित अर्जुन सुवेदीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “भाग पुर्‍याउन मन्त्रालय थप्दै, फुटाउँदै” मा नाम नखुलाइएका एक मन्त्री र मन्त्रिपरिषद्को स्रोतलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित पूर्ण बस्नेतले हङ्कङ् डेटलाइनमा तयार पारेको समाचार “इन्धन दिन चीन तयार भएको सङ्केत” मा नाम नखुलाइएका एक नेपाली अधिकारीलाई उद्धृत गरिएको छ।

द हिमालायन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनमा तयार गरिएको समाचार “साना पार्टीबाट चार मन्त्री थप” मा नाम नखुलाइएका एक मन्त्री र नाम नखुलाइएको प्रधानमन्त्री निकट स्रोतलाई एक ठाउँमा उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री