पुस १७ गते

साउथ एशिया चेक / बुधबार, पौष २२, २०७२

रिपब्लिकामा राजु अधिकारीले झापा डेटलाइनमा तयार गरेको समाचार “आपूर्ति एक हप्तामा सहज हुनेमा नेपाल आशावादी” मा नाम नखुलाइएको स्रोतहरुलाई एक ठाउँमा उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा तयार समाचार “मोदीको मन्त्र ‘टिकाउ समाधान’” मा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित हरिहरसिंह राठौर (धादिङ डेटलाइन), ऋषिराम पौड्याल (सिन्धुपाल्चोक डेटलाइन), प्रकाश अधिकारी (नुवाकोट डेटलाइन), कृष्ण थापा (रसुवा डेटलाइन) ले तयार गरेको समाचार “नक्कलीको पोल्टामा राहत” मा नाम नखुलाइएका रसुवा जिल्ला विपत् व्यवस्थापन समन्वय समितिका एकजना सदस्यलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित राजु अधिकारीले झापा डेटलाइनमा तयार पारेको समाचार “नाका साताभित्रै खुल्छ” मा नाम नखुलाइएको प्रधानमन्त्रीका एक निकट सहयोगीलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री