पुस ३ गते

साउथ एशिया चेक / मंगलबार, पौष ७, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित देवेन्द्र भट्टराईले नयाँ दिल्ली डेटलाइनमा तयार पारेको समाचार “संविधान संशोधनले यातायात सहज हुनेः भारत” मा नाम नखुलाइएको स्रोतलाई दुई पटक उद्धृत गरिएको छ।
नागरिकमा प्रकाशित शेरबहादुर केसीले बुटवल डेटलाइनमा तयार पारेको समाचार “नाका खुलै, ट्रक- टयांकर उतै” मा नाम नखुलाइएका रूपन्देहीका एकजना प्रहरी अधिकृतलाई उद्धृत गरिएको छ।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित यम विरही र शम्भु कट्टेलले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “अख्तियार निर्देशनमा वन्तको निलम्बन” मा नाम नखुलाइएको अख्तियारको उच्च स्रोतलाई उद्धृत गरिएको छ।
कान्तिपुरमा प्रकाशित देवेन्द्र भट्टराईले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “संशोधन प्रक्रिया महत्वपूर्ण, समझदारी बनाऊः भारत” मा नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गरिएको छ।
कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “तत्काल वार्ता हुन्नः मोर्चा” मा नाम नखुलाइएका मोर्चाको बैठकका एक सहभागीलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।
कान्तिपुरमा प्रकाशित कृष्ण ज्ञवालीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “महानिरीक्षक वन्तलाई निलम्बन सिफारिस” मा नाम नखुलाइएको अख्तियार स्रोतलाई उद्धृत गरिएको छ।
कान्तिपुरमा प्रकाशित बलराम बानियाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “संविधान जारीपछि ५९६ लाई अंगीकृत” मा नाम नखुलाइएका एकजना प्रशासकीय अधिकृतलाई उद्धृत गरिएको छ।
रिपब्लिकामा प्रकाशित कमल परियार र संगीत सङ्ग्रौलाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “वन्तलाई निलम्वन गर्न अख्तियारको सुझाव” मा नाम नखुलाइएको सशस्त्र पुलिस निकट स्रोतलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री