पुस ५ गते

साउथ एशिया चेक / मंगलबार, पौष ७, २०७२

कान्तिपुरमा प्रकाशित भूषण यादव र शिव पुरीले वीरगञ्ज र गौर डेटलाइनमा तयार पारेको समाचार “वीरगन्ज र गौरमा झडप” मा नाम नखुलाइएका प्रत्यक्षदर्शीलाई उद्धृत गरिएको छ।
कान्तिपुरमा प्रकाशित कृष्ण ज्ञवालीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “बढ्दै नक्कली भूकम्पपीडित” मा नाम नखुलाइएका स्थानीय विकास मन्त्रालयका एक अधिकारी, सोही मन्त्रालयको एक स्रोत र गृह मन्त्रालयको एक स्रोतलाई उद्धृत गरिएको छ।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित विकास थापाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पाँच सय उद्योगसँग मोर्चाको असुली” मा नाम नखुलाइएका मोरङ व्यापार संघका एक व्यापारीलाई उद्धृत गरिएको छ।
अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा तयार पारिएको समाचार “मोर्चा र कांग्रेस नजिक” मा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।
द हिमालयन टाइम्समा प्रकाशित राजन पोखेलले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “उड्डयन सुरक्षा निरीक्षकहरूले हवाइ परिवहन सेवा असुरक्षित पाए” मा नाम नखुलाइएका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुईजना निर्देशकलाई उद्धृत गरिएको छ।
द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “मोर्चाद्वारा नेपाली कङ्ग्रेसको प्रस्ताव अस्वीकार” मा नाम नखुलाइएको मोर्चा स्रोतलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री