फागुन १३

साउथ एशिया चेक / मंगलबार, फाल्गुण १७, २०७३

द काठमाडौं पोष्टमा प्रकाशित अनिल गिरि र पृथ्वी मान श्रेष्ठले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “चुनावको खर्च २० अर्ब रूपैंया पुग्न सक्ने” मा नाम नखुलाइएको एक सुरक्षा प्रमुख र निर्वाचन आयोगको नाम नखुलाइएको अधिकारीहरूलाई दुई ठाउँमा उद्धृत गरिएको छ ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा भद्र शर्माले तयार पारेको समाचार “आचारसंहिता लागू नहुँदा चिन्ता” मा नाम नखुलाएको स्रोतहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित दिलीप पौडेलले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “निगमलाई निजी जग्गा करोडौं कमिसन सेटिङमा टेन्डर” मा नाम नखुलाइएको एक सांसदलाई तीन पटक, नेपाल आयल निगमको एक स्रोत र अरू दुईवटा स्रोतहरूलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा अर्जुन सुवेदीले तयार पारेको समाचार “आचारसंहिता रोकेर नियुक्ति र सरूवा” मा निर्वाचन आयोगको नाम नखुलाइएको स्रोतलाई दुई पटक र मन्त्रीपरिषदको स्रोतलाई दुई पटक उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “विखण्डनवादीलाई सेनाको चेतावनी” मा नाम नखुलाइएको तीन वटा स्रोतलाई उद्धृत गरेको छ। यसमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बलराम बानियाँले तयार पारेको समाचार “जग्गा किनबेचमा करोडौं भ्रष्टाचार” मा भूमीसुधार मन्त्रालयको नाम नखुलाइएको स्रोतलाई तीन पटक, सोहि मन्त्रालयको एक अधिकारीलाई दुई पटक र  मालपोत कार्यालयहरूको छानबिनमा सहभागी एक अधिकारीलाई एक पटक उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री