फागुन ३०

साउथ एशिया चेक / शुक्रबार, चैत्र ४, २०७३

द हिमालयन टाइम्स्मा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “गच्छधारलाई सरकारमा तान्ने तरखर” मा नाम नखुलाइएको एक स्रोत, माओवादी केन्द्रको नाम नखुलाइएको एक स्रोत र नेपाली कांग्रेसको नाम नखुलाइएको एक स्रोतलाई चार पटक उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा सुशील भट्टराईले तयार पारेको समाचार “जाँदाजाँदै आधा अर्ब बोनस” मा नाम नखुलाइएको एक स्रोतलाई चार पटक उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा भुवन शर्माले तयार पारेको समाचार “पूर्व जरसा’बलाई सेनामै मस्ती” मा नाम नखुलाइएको एक स्रोतलाई तीन पटक उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा दीपक खरेलले तयार पारेको समाचार “मधेस बुझ्दै सेना” मा नाम नखुलाइएको एक सैनिक स्रोतलाई उद्धृत गरिएको छ।

गोरखापत्रमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “निर्वाचन कार्यविधि बनाउँदै माओवादी केन्द्र” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा भद्र शर्माले तयार पारेको समाचार “निर्वाचन आयोगले मतपत्र छिट्टै छाप्न थाल्ने” मा नाम नखुलाइएको स्रोतहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री