भदौ १६

साउथ एशिया चेक / शुक्रबार, भाद्र १८, २०७२

राजेश चाम्लिङ् राईले काठमाडौं डेटलाइनमा तयार पारेको, गोरखापत्रमा प्रकाशित “चार वर्षमा हराए एक लाख राहदानी!” शीर्षकको समाचारमा नाम नखुलाइएका एक सरकारी अधिकारीलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित, भूषण यादव र लक्ष्मी साहले वीरगञ्ज डेटलाइनमा तयार पारेको “झन बढ्यो तनाव” शीर्षकको समाचारमा नाम नखुलाइएको एक सुरक्षा स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित, दीपक दाहालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “माथेमा र केसीको मर्ममै प्रहार” मा नाम नखुलाइएका एक सरकारी अधिकारीलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित, रितेश त्रिपाठीले वीरगञ्ज डेटलाइनमा तयार पारेको समाचार “कर्फ्यु तोड्दा प्रहरीको गोलीले पाँचको मृत्यु” मा नाम नखुलाइएका एक स्वास्थ्यकर्मीलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित, केपी ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “प्रहरी-सशस्त्र किन सँगसँगै?” मा नाम नखुलाइएका एक सुरक्षा अधिकारीलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री