मंसिर १४ गते

साउथ एशिया चेक / बुधबार, मंसिर १५, २०७३

द काठमाडौं पोष्टमा प्रकाशित एएफपीको समाचार “राष्ट्र संघका दुई नेपाली डारफुरमा अपहरित” मा नाम नखुलाइएका एक स्थानीय बासिन्दालाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “पतञ्जली आयुर्वेद प्रालिमा मेरो लगानी छैन” मा नाम नखुलाइएका एक सरकारी अधिकारीलाई उद्धृत गरिएको छ । यसमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा दीपक दाहालले तयार पारेको समाचार “डा. केसी थप गम्भीर” मा नाम नखुलाइएका एक चिकित्सकलाई उद्धृत गरिएको छ ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “हतार नगरौः राष्ट्रपति” मा राष्ट्रपतिको कार्यालयका नाम नखुलाइएका स्रोतहरूलाई एक ठाउँमा र सङ्घीय समाजवादी फोरम-नेपालका एक नेतालाई उद्धृत गरिएको छ ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा अशोक दाहालले तयार पारेको समाचार “संशोधन थाति राखिदै” मा नाम नखुलाइएका एक मन्त्रीलाई उद्धृत गरिएको छ ।

रिपब्लिकामा प्रकाशित दाङ डेटलाइनमा देवेन्द्र बस्नेतले तयार पारेको समाचार “संस्कृत विश्वविद्यालयले पतञ्जलिलाई २०० बिग्घा जग्गा भाडामा दिने” मा नाम नखुलाइएको एक स्रोतलाई एक ठाउँमा उद्धृत गरिएको छ ।

द हिमालयन टाइम्समा प्रकाशित काठामडौं डेटलाइनको समाचार “राष्ट्र संघका दुई नेपाली डारफुरमा अपहरित” मा नेपाली सेनाका नाम नखुलाइएका एक अधिकारी र विदेश मन्त्रालयका एक अधिकारीलई उद्धृत गरिएको छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री