मंसिर २ गते

साउथ एशिया चेक / बिहीबार, मंसिर ३, २०७२

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘सत्ता पक्षका दुई प्रस्ताव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

नागरिकमा प्रकाशित ‘तथ्य लुकाउँदै कालोबजारी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजन ओलीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः वाणिज्य तथा आपूर्ति मन्त्रालय उच्चस्रोत, व्यवसायी, स्रोत, एक व्यापारी र अर्को स्रोत ।

रिपब्लिकामा प्रकाशित ‘दशौं लाखका औषधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कुहिँदै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अर्जुन पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्वास्थ्य तथा नजनसंख्या मन्त्रालयमा आबद्ध एक उच्च स्रोत ।

रिपब्लिकामा प्रकाशित ‘बम प्रहारबाट प्लेन झरेको मस्कोद्वारा पुष्टि’ शीर्षकको मस्कोलाई डेटलाइन बनाएर रोयटर्सले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः इजिप्टस्थित सार्म अल–शेख विमानस्थलमा सेवारत दुई सुरक्षा अधिकारी, विमानस्थलका एक कर्मचारी र फ्रान्सका एक उच्च सरकारी अधिकारी ।

रिपब्लिकामा प्रकाशित ‘आज निर्णायक वार्ता गर्ने तयारीमा दलहरू’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः सरकारी स्रोतहरू । यो समाचारमा बाइलाइन छैन ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘वार्ताको नेतृत्व गरी गतिरोध हटाउन मोर्चाद्वारा कांग्रेसलाई आग्रह’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः अर्का एक मधेसी नेता । यो समाचारमा बाइलाइन छैन ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री