माघ ८ गते

साउथ एशिया चेक / शनिबार, माघ ९, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौङ डेटलाइनको समाचार “ओली जङ्गिए पछि ठूला नेताहरूको वार्ता भाँडियो” मा नाम नखुलाइएका स्रोतहरुलाई तीन पटक उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

द  हिमालयन टाइम्समा प्रकाशित टीका आर् प्रधानले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पाँच दल मोर्चासँग वार्ता जारी राख्ने” मा नाम नखुलाइएको स्रोतलाई एक ठाउँमा उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित गोकर्ण अवस्थीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “सरकारले लिनै सकेन एडीबीको सवा खर्ब” मा नाम नखुलाइएका एक सरकारी अधिकारीलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचार “मोर्चासँग वार्ता विफल” मा नाम नखुलाइएको एउटा स्रोतलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री