वैशाख २५

साउथ एशिया चेक / बुधबार, जेठ ३, २०७४

नागरिकमा प्रकाशित “दुईतिहाइ जुटाउन कसरत” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित “मध्य मार्ग खोज्दै दल” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ । यो समाचारमा बाइलाइन छैन ।

द हिमालयन टाइम्समा प्रकाशित “सर्वोच्च अदालतले सदनको क्षेत्राधिकार अतिक्रमण गर्‍यो: सभामुख” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सभामुख ओनसरी घर्ती मगर निकट एक स्रोत । यो समाचारमा बाइलाइन छैन ।

द हिमालयन टाइम्समा प्रकाशित “प्रधान न्यायधीशले अवकाश लिनुभन्दा पहिले थप मुद्दा हेर्नुहोला ?” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सत्ताधारी दल सम्बद्द स्रोत । यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित “राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश कार्कीलाई ब्यक्तिगत कुरा नबनाउन सुझाव” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू र राष्ट्रपतिको कार्यालयका एक स्रोत । यो समाचारमा बाइलाइन छैन ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री