साउन २३

साउथ एशिया चेक / बिहीबार, साउन २६, २०७४

रिपब्लिकामा प्रकाशित ‘सेनाले गरेको जेनरेटर खरिदमा हिनामिना भएको आरोप’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र एउटा कम्पनीका मालिक। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘साझाका कर्मचारीद्वारा ‘महाप्रबन्धक शर्माको प्रेसमा’ छापिएका पाठ्यक्रम जफत’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विष्णुप्रसाद अर्याल र बसन्त खड्काले संयुक्त रूपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः साझा प्रकाशनका अधिकारीहरू र साझा प्रकाशनका कर्मचारीहरू।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘सत्ता ‘दाउ’ले राप्रपा विभाजित’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘पञ्चेश्वरमा फेरि पानी विवाद’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विकास थापाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः उर्जा मन्त्रालयका एक अधिकारी, एक अधिकारी र स्रोत ।

नागरिकमा प्रकाशित ‘प्रक्रिया मिचेर ठेक्का स्वीकृत’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा स्रोत र बोलपत्रमा सहभागी एक कम्पनीमा सञ्चालक ।

नागरिकमा प्रकाशित ‘आयल निगम जग्गा खरिद घोटाला, सञ्चालक समितिलाई पनि टेरेनन् खड्काले’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक सांसद ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘नयाँ पार्टी बनाउनेगरि राणाले राप्रपा फुटाए’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक अधिकारी । यो समाचारमा बाइलाइन छैन ।

 

 

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री