साउन २४

साउथ एशिया चेक / बिहीबार, साउन २६, २०७४

द काठमाडौं पोस्टमा प्रकाशित ‘नयाँ कलेज खोल्न प्रतिबन्द लगाउनुअघि दुईवटा मेडिकल कलेजलाई अनुबन्धन दिइने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः कार्यदलका एक सदस्य र समितिका अर्का एक सदस्य ।

कान्तिपुरमा प्रकाशित ‘स्वदेशमै पढेका ३५ प्रतिशत फेल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अतुल मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेपाल मेडिकल काउन्सिलका एक पदाधिकारी र काउन्सिल स्रोत ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘निर्वाचन मिति भदौ १ भित्रै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द लुइँटेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र दुई  ठाउँमा निर्वाचन आयोगका एक आयुक्त ।

रिपब्लिकामा प्रकाशित ‘प्रदेश र केन्द्रको चुनाव एकै दिन गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको जोड’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भद्र शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः जानकार स्रोतहरू ।

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री