असार २६

साउथ एशिया चेक / बिहीबार, आषाढ २९, २०७४

काठमाडौं पोस्ट्मा प्रकाशित “प्रस्तावलाई समर्थन गर्ने थापाको संकेत” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक सांसद। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित “पटकपटक चुनाव सार्दा ४ अर्ब खेर गयो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भद्र शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन ९ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः गृह मन्त्रालयको लेखालेखाशाखाका एक उच्च अधिकारी, एक स्रोत, गृह मन्त्रालयका अधिकारीहरु, निर्वाचन आयोगका अधिकारीहरु, निर्वाचन आयोगका एक अधिकारी, निर्वाचन आयोगका पूर्व अधिकारीहरु, निर्वाचन आयोग सम्बद्ध उच्च स्रोत, निर्वाचन आयोगका एक अधिकारी र एक पूर्व निर्वाचन आयुक्त।

रिपब्लिकामा प्रकाशित “लाखौं मुल्य पर्ने विलाशी कारहरु सरकारी कार्यलयमा धुलो भेला पार्दे” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका अधिकारीहरु र अर्थ मन्त्रालयका एक अधिकारी। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित “एमाले-राजपा वार्ता” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता र एमालेका नेताहरु।

नागरिकमा प्रकाशित “चुलिँदै चुनाव खर्च” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भद्र शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः गृह मन्त्रालयको लेखा शाखामा कार्यरत एक उच्च पदस्थ कर्मचारी, स्रोतहरु र अर्थ मन्त्रालयका एक अधिकारी।

द हिमालयन टाइम्समा प्रकाशित “जि२० मा ट्रम्पको सट्टा इभान्का” शीर्षकको हेमबर्गलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वाईट हाउसका एक अधिकारी र एक कूटनीतिज्ञ । यो समाचारमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित “पहिलो पार्टी कसरी दोस्रो?” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः रामचन्द्र पौडेल पक्षीय एक नेता।

कान्तिपुरमा प्रकाशित “तेस्रै तर निकै कम” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पार्टीका उच्च स्रोत, पार्टीका स्रोत र अर्का माओवादी नेता।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री