भूकम्प पुनर्स्थापना आश्वासनः चार महिनाको प्रगति
South Asia Check / शुक्रबार, मंसिर २०, २०७६
चौतारा, सिन्धुपाल्चोक
सहुलियत दरको ब्याजको ऋण
भूकम्पले भत्काएका घर बनाउन पीडितलाई वार्षिक २ प्रतिशत ब्याज दरको ऋण प्रदान गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई पैसा दिन थालेको कुरा राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले बताए ।
फूलकुमारी महतो मेमोरियल ट्रस्ट
फूलकुमारी महतो मेमोरियल ट्रस्टले भुइँचालो पीडितलाई तीन करोड रूपैया बराबरको राहत सामग्री वितरण गरेको बताएको छ । भूकम्पले असर गरेका जिल्लामा स्कूल बनाउन १२ करोड रुपैया छिट्टै सदुपयोग गरिने ट्रस्टकी रोजिना केसीले बताइन् । सो ट्रस्टले भूकम्प पीडितलाई राहत दिन र उनीहरूलाई पुनःस्थापना गर्न १५ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
चौधरी ग्रुप
चौधरी ग्रुपले भूकम्प पीडितका लागि ५०० अस्थायी घर बनाइसकेको कुरा चौधरी ग्रुप, कर्परेट अफेयर्सका महाप्रबन्धक मधुसुधन पौडेलले बताए । उनका अनुसार, यी घर काठमाडौंको मच्छेगाउँ, ललितपुरको बुरूनचोली र लोकुन्डोल, काभ्रेको दोलालघाट र भक्तपुरको चाँगुनारायणमा बनाइएका हुन् । आागामी तीन महिनाभित्र १००० वटा अस्थायी घर बनाइसक्ने लक्ष्य चौधरी ग्रुपले राखेको पनि पौडेलले बताए ।
सो ग्रुपले १००० वटा अस्थायी घर बनाउने भनेको थियो ।
सो ग्रुपले काभ्रे, गोर्खा र भक्तपुरमा पाँचवटा स्कूल बनाएको छ । उसले १०० वटा स्कूल भवन बनाउने बाचा गरको थियो ।
नेपाल उद्योग परिसंघ
परिसंघले ह्याबिट्याट फर् ह्युम्यानिटिसँगको सहकार्यमा १०,००० वटा घर बनाउने भनेकोमा सो काम अहिलेसम्म शुरू नभएको ह्याबिट्याट फर् ह्युम्यानिटिकी प्रोग्राम डेभ्लप्मेन्ट म्यानेजर सुष्मा श्रेष्ठले बताइन् ।
गोल्छा अर्गनाइजेशन
गोल्छा अर्गनेजेशनको आश्रय परियोजना अन्तर्गत काभ्रेको पिपलटारमा एउटा घर बनिएको छ । सो अर्गनाइजेशनले त्यहाँ १०० वटा घर बनाउने भनेको थियो ।
भृकुटी राई / बिहीबार, भाद्र १०, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत