नेपालमा ९४ प्रतिशत हिन्दू छन् ?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपालका ९४ प्रतिशत मानिसले हिन्दू धर्म मान्ने गरेको बताएका छन् ।

विश्व हिन्दू महासंघले २६ जुलाई, २०१५ मा काठमाडौंमा संविधानको प्रारम्भिक मस्यौदाबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा हिन्दी भाषामा भाषण गर्दै खड्काले भनेका थिए, ‘नेपालमा ९४ प्रतिशत (मानिस) हिन्दू छन्, सनातन हिन्दू धर्मावलम्बि छन् ।’

भाषणको अडियो सुन्न यहाँ क्लिक गर्नुहोला

तर, सन् २०११ को जनगणनाअनुसार नेपालका ८१.३० प्रतिशत जनताले मात्र हिन्दू धर्म मान्ने गरेका छन् ।

जनगणनाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

तसर्थ, खड्काको यो भनाइ सही देखिँदैन ।

साउथ एशिया चेक / बिहीबार, भाद्र ३, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री