राष्ट्र संघीय मानवअधिकार आयुक्तको कार्यालयले मारिए भनेका मानिस जीवितै

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

राष्ट्र संघीय मानव अधिकार आयुक्तको कार्यालयका प्रवक्ता रुपर्ट कल्भिल

राष्ट्र संघीय मानव अधिकार आयुक्तको कार्यालयले २५ अगस्ट २०१५ मा जारी गरेको प्रेस विज्ञप्तिमा टीकापुर घटनाका प्रसंगमा भनिएको छः मृत प्रहरी अधिकारीका दुई वर्षे छोरा पनि मारिएका छन् ।

साउथ एसिया चेकले यो भनाइ जाँच गर्दा के पायो भने टीकापुर काण्डमा मारिएका बालकका बुबा नेत्र साउद जीवितै छन् । सो घटनामा नेपाल प्रहरीका पाँचजना, सशस्त्र प्रहरी बलका दुईजना र एकजना बालक मारिएका थिए । नेपाल प्रहरीका अनुसार मारिएका प्रहरीमा लक्ष्मण नेउपाने, बलराम विष्ट, केशव बोहोरा, श्यामबहादर खड्का र लोकेन्द्रबहादुर चन्द थिए । सशस्त्र प्रहरी बलका डिएसपी अजय छत्कुलीका अनुसार सो बलका ललितबहादुर साउद र रामबिहारी थारू पनि सो घटनामा मारिएका थिए ।

मारिएका बालकका बाबु नेत्र पनि सशस्त्र प्रहरी बलमा छन् ।

त्यसैले आयोगको यो भनाइ गलत छ ।

उनीसँग हिमालखबरका बच्चु बिकले टीकापुर काण्डपछि कुराकानी गरेका थिए । सो कुराकानी यहाँ पढ्न सकिन्छ ।

राष्ट्र संघीय मानव अधिकार आयुक्तको कार्यालयको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला ।

 

साउथ एशिया चेक / बुधबार, भाद्र ९, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री