गच्छदारले भनेझैं थारू सबैभन्दा ठूलो जनजाति समूह होइन

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

किसिमको जनताको विरोध देखिएको छ, आदिवासी जनजातिहरूले आफ्नो आवाज उठाएका छन् । थारूहरू जो यो देशको सबभन्दा ठूलो जनजाति (हुन्), संख्याको (हिसाबले) । साढे १७ लाख थारूहरू यो देशमा बस्दछन्, मेचीदेखि महाकालीसम्म ।

भाषणको अंश सुन्न यहाँ क्लिक गर्नुहोला

 जनसंख्याका हिसाबले थारू नेपालको सबैभन्दा ठूलो जनजाति समुदाय हो ?

होइन । नेपालको जनगणना २०६८ अनुसार जनजातिमध्ये सबैभन्दा ठूलो समुदाय थारू होइन मगर हो ।

जनगणनाको पूर्ण रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

गच्छेदारले भनेझैं नेपालमा झन्डै साढे १७ लाख (१७,३७,४७०) अर्थात् नेपालको कूल जनसंख्याको ६.६ प्रतिशत थारू छन् । मगरको जनसंख्या भने १८,८७,७३३ छ, जुन नेपालको कुल जनसंख्याको ७.१ प्रतिशत हो ।

तसर्थ, थारू नेपालको सबैभन्दा ठूलो जनजाति समूदाय हो भनी गच्छदारले गरेको दाबी गलत छ ।

त्यसैगरी २४ अगष्टमा नागरिक दैनिकको अनलाइन संस्करणमा प्रकाशित अन्तवार्तामा गच्छदारले भनेका छन्ः कैलाली र कञ्चनपुरमा साढे चार लाख थारूहरूको बसोबास छ… थारूको कुल जनसंख्या पुगनपुग १८ लाख रहेकामा त्यो दुईटा जिल्लामा मात्र साढे चार लाख थारू छन् ।

अन्तवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला

२०६८* सालको जनगणना अनुसार कैलालीको कूल जनसंख्या ७,७५,७०९ रहेकामा थारूहरूको संख्या ३,२२,११२ छ । त्यस्तै कञ्जनपुरको कुल जनसंख्या ४,५१,२४८ रहेकामा थारूहरूको संख्या १,१५,८७४ छ ।

यी दुई जिल्लामा थारूहरूको जनसंख्या ४,३७,९८६ छ, जुन गच्छेदारको दाबीसँग करिबकरिब मिल्दोजुल्दो छ ।

कैलाली र कञ्चनपुरका गाविस तथा नगरपालिकामा थारुहरूको जनसंख्याको तथ्यांक यहाँ हेर्न पाइन्छः Tharu population in Kailali and Kanchanpur

अगष्ट २३ मा बसेको प्रमुख चार दलहरूबीचको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै गच्छदारले भनेः नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख रहेकामा तराई-मधेसमा एक करोड ३५ लाख मानिसको बसोबास छ ।’

गच्छेदारको भनाई सुन्न यहाँ क्लिक गर्नुहोला

२०६८* को जनगणना अनुसार नेपालमा दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेकामा तराई-मधेसको जनसंख्या यसको ५०.२७ प्रतिशत अर्थात एक करोड ३३ लाख १८ हजार सात सय पाँच छ, जुन गच्छदारले गरेको दाबीसँग करिबकरिब मिल्दोजुल्दो छ ।

* २०६८ हुनुपर्नेमा  यस अघि अन्यथा भएकाले सच्याइएको छ । गल्ति ‌औंल्याइदिनुभएकोमा पाठकप्रति आभारी छौं- सम्पादक । 

सुजित मैनाली / मंगलबार, भाद्र ८, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री