मधेसका सम्बन्धमा केही भनाइ र यथार्थ

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

सप्तरी

केही समय यता पत्रपत्रिका र सामाजिक सञ्जालमा मधेसका सम्बन्धमा केही भनाइ दोहोरिइरहेका छन्। ती भनाइ कत्तिको तथ्यसम्मत छन् भनी साउथ एशिया चेकले अध्ययन गरेको छ ।

भनाइ १. तराई–मधेसमा नेपालको कूल जनसंख्याको आधाभन्दा बढी मानिस बस्छन् ।

२०११ को जनगणनाअनुसार नेपालको कूल जनसंख्या २,६४,९४,५०४ रहेकोमा तराई–मधेसमा ५०.२७ प्रतिशत अर्थात १,३३,१८,७०५ मानिस बस्छन्। (स्रोतः नेपालको जनगणना २०११)

मधेसमा जनसंख्या कुन गतिमा बढ्दैछ भन्ने कुरा तलको चित्रमा देखाइएको छ ।

त्यसैले नेपालको कूल जनसंख्याको आधाभन्दा बढी मानिस तराई–मधेसमा बस्छन् भन्ने भनाई सही हो ।

भनाइ २. तराइ–मधेसमा पहाडे पनि बस्छन् ।

२००१ सालमा जनगणना हुँदा तराईमा बसोबास गरिरहेकामध्ये १६.७ प्रतिशत पहाडे मुलका थिए ।

(स्रोतः पिताम्बर शर्मा, अनरेभलिङ द मोजेइक, स्पेशल आस्पेक्ट्स अफ एथ्निसिटी इन नेपाल, सोसल साइन्स बहा/हिमाल बुक्स, २००८, काठमाडौं)

त्यसैगरी २०११ मा जनगणना हुँदा त्यहाँ बसोबास गरिरहेका मानिसमध्ये करिब १७ प्रतिशत पहाडे थिए ।

(स्रोतः कारे भोलान, इलेक्सन्स इन नेपाल, आइडेन्टिफाइङ दि पोलिटिकल्ली एक्सक्लुडेड ग्रुप्स, सोसल साइन्स बहा/हिमाल बुक्स, २०१४, काठमाडौं) ।

तसर्थ, तराईमधेसमा मधेसी मात्र बस्दैनन् भन्ने भनाई सही हो ।

भनाइ ३. राष्ट्रिय विधायिकामा थारु–मधेसी लगायतको प्रतिनिधित्व जनसंख्याको अनुपातमा छैन ।

२००१ को जनगणना अनुसार मधेसी जात, थारु र मुसलमान लगायतको जनसंख्या देशको कूल जनसंख्याको ३२.३९ प्रतिशत थियो। तर सन् १९९९ मा गठन भएको प्रतिनिधिसभामा उनीहरूको प्रतिनिधित्व २०.५ प्रतिशत मात्र थियो ।

तर यसको अर्थ तराइमधेसमा बस्ने सबै समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा थिएन भन्ने होइन। २००१ को जनगणनामा मधेसी जात समूहको जनसंख्या १५ प्रतिशत थियो भने १९९९ को चुनावपछि बनेको संसदमा उनीहरुको प्रतिनिधित्व १४.१ प्रतिशत थियो। तर कूल जनसंख्याको ४.२९ प्रतिशत हिस्सा ओगटेका मधेसी दलितको भने प्रतिनिधिसभामा प्रतिनिधित्व शुन्य थियो ।

दोस्रो जनआन्दोलनपछि गठन भएको संविधानसभामा मधेसी जात, दलित, मुसलमान र तराइका जनजाति सबैको मिलाउँदा प्रतिनिधित्व उत्साहप्रद थियो। संविधानसभाका कूल सदस्यमध्ये ३४ प्रतिशत मधेसी जात, जनजाति, दलित र मुसलमान थिए, जवकि उनीहरुको जनसंख्या देशको कुल जनसंख्याको ३२.३ प्रतिशत थियो ।

तर मधेसका दलित र मुसलमानको प्रतिनिधित्व भने उनीहरुको जनसंख्याको अनुपातमा करिब आधा मात्र थियो । दोस्रो जनआन्दोलनपछि मधेसको जात समूह आफ्नो जनसंख्याको अनुपात (१५ प्रतिशत) भन्दा बढी मात्रा (२०.३ प्रतिशत) मा संविधानसभामा उपस्थित थिए ।

(स्रोतः कारे भोलान, इलेक्सन्स इन नेपाल, आइडेन्टिफाइङ दि पोलिटिकल्ली एक्सक्लुडेड ग्रुप्स, सोसल साइन्स बहा/हिमाल बुक्स, २०१४, काठमाडौं)

क‍‍. १९९१ र १९९४ का प्रतिनिधि सभामा मधेसी जातको प्रतिनिधित्व  जनसंख्याको अनुपातमा थिएन । १९९९ को प्रतिनिधिसभाको निर्वाचन पछि मधेसी जात समूहको प्रतिनिधित्व समानुपातिक थियो । २००८ को निर्वाचनपछि गठित संविधानसभामा यस समूहको प्रतिनिधित्व जनसंख्याको अनुपातमा बढी थियो ।

ख.  तराईमधेसका जनजातिको विधायिकामा प्रतिनिधित्व कुनै वेला समानुपातिक भएको छ भने कुनै वेला कम भएको छ ।

ग. मधेसी दलित र मुसलमानको प्रतिनिधित्व १९९१ देखि २००८ सम्म उनीहरूको जनसंख्याको अनुपातमा थिएन । १९९१ देखि १९९९ सम्मका तीनवटा निर्वाचनपछि बनेको प्रतिनिधि सभामा तराइका दलित एकजना पनि निर्वाचित भएका थिएनन् ।

नोटः यहाँ उल्लेख गरिएका कारे भोलान र पिताम्बर शर्माका सामग्रीमा मधेसी जात, दलित, जनजाति र मुसलमानको कूल संख्यामा अन्तर छ ।

भनाइ ४. नेपालको जनसंख्यामा मधेसी जात, मधेसी दलित, तराइमधेसका जनजाति र मुसलमानको जनसंख्याको अनुपात बढ्दैछ ।

१९९१ भन्दा अघिका जनगणनामा जातजातिको विवरण लिइएको थिएन । त्यसयताका जनगणानाको परिणामअनुसार नेपालको कूल जनसंख्यामा मधेसी जात, धार्मिक समूह (मुसलमान) र तराइका जनजातिको मात्रा लगातार बढ्दै गएको छ ।

१९९१ मा यो समूह कूल जनसंख्याको २७.५ प्रतिशत थियो भने २०११ मा यो प्रतिशत बढेर ३२.२ पुग्यो ।

(स्रोतः पिताम्बर शर्मा, सम आस्पेक्ट्स अफ नेपाल्स सोसल डेमोग्राफीः सेन्सस २०११ अपडेट, सोसल साइन्स बहा/हिमाल बुक्स, २०१४, काठमाडौं)

तसर्थ,

सुजित मैनाली / शुक्रबार, आश्विन १५, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री