भारतीयसँग बिहे गरेका नेपाली महिलाले भारतीय नागरिकताका लागि निवेदन हाल्न सात वर्ष कुर्नुपर्छ

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेकपा–एमालेका नेता प्रदिप ज्ञवालीले कात्तिक २५ गते सगरमाथा टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘एसटिभी च्याट‘मा भनेः

‘यहाँ २४ घन्टाभित्रमा वैवाहिक अंगीकृत नागरिकता पाइन्छ…जबकी भारतमा त…भारतीय नागरिकसँग विवाह गरेर गएका नेपाली चेलीहरूले…सात वर्षसम्म त नागरिकताका निम्ति एप्लाइसमेत गर्न पाउनु हुन्न।’

भारतीय नागरिकसँग बिहे गरी गएका नेपाली चेलीहरूले सात वर्षसम्म नागरिकताका निम्ति निवेदन हाल्नसमेत पाउँदैनन् भन्ने नेता ज्ञवालीको भनाई सही छ/छैन भनि साउथ एसिया चेकले जाँचेको छ।

भारतीय नागरिकसँग बिहे गरेका विदेशीलाई नागरिकता दिने व्यवस्थाबारे भारतको नागरिकता ऐन–१९५५ मा उल्लेख छ।

यस ऐनको दफा ५(ग) मा भनिएको छ, ‘भारतीय नागरिकसँग विवाह गरेको व्यक्तिले दर्ता(मार्फत पाइने नागरिकता)का निम्ती निवेदन हाल्नुपूर्व सात वर्ष भारतमा बसेको हुनुपर्छ।’

तसर्थ, नेता ज्ञवालीको भनाई सही छ।

सुजित मैनाली / बुधबार, मंसिर १५,

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री