विदेशमा नेपाली कामदारको हत्याबारे दाहाल गलत

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्विर: युट्युब/एबिसी न्युज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा निर्वाचित हुनुअघि संसदमा सम्बोधन गर्ने क्रममा भने–

‘विदेशमा नेपालीहरूको…हत्या हुने क्रम पनि बढ्दो छ।’

रोजगारीका सिलसिलामा विदेशिने नेपाली युवाबारे बोल्ने क्रममा दाहालले यस्तो भनेका हुन्।

साउथ एसिया चेकले दाहालको यो भनाई सही छ/छैन भनि जाँचेको छ।

वैदेशिक रोजगार विभागले पछिल्लो समय तयार पारेको रोजगारीका लागि श्रमिकको बसाइसराइ, नेपालको अवस्थासम्बन्धी प्रतिवेदनः २०१३/१४’ मा अार्थिक वर्ष २००८/०९ र २०१३/१४ बीच नेपालबाट रोजगारीका सिलसिलामा विदेशिनेको संख्या र उनीहरूको मृत्यु तथा हत्यासम्बन्धी तथ्यांक उपलब्ध छ।

स्राेत: वैदेशिक रोजगार विभाग

प्रतिवेदनअनुसार विदेशिने नेपाली कामदारको संख्या र विदेशमा मृत्यु हुने नेपाली कामदारको संख्या दुबै बढ्दो छ। तर, सन् २०१०/११ मा हत्या भएका नेपाली कामदारको संख्यामा अप्रत्यासित वृद्धि भए पनि त्यसअघि र पछिको संख्या लगभग समान छ।

स्राेत: वैदेशिक रोजगार विभाग

विदेशीने नेपाली कामदारको संख्या बढिरहेको सन्दर्भमा हेर्ने हो भने हत्या भएकाहरूको अनुपात उल्टो घट्दो छ।

स्राेत: वैदेशिक रोजगार विभाग

तसर्थ, विदेशमा नेपालीहरूको हत्या हुने क्रम बढ्दो छ भन्ने अध्यक्ष दाहालको भनाई सही छैन।

सुजित मैनाली / शुक्रबार, साउन २१, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री