साउन १९ गते

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

रिपब्लिकामा प्रकाशित ‘जथाभावी सुविधा र प्रोत्साहन भत्तालाई सरकारले रोक्ने‘ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर ज्ञान पि न्यौपाने र संगीत संग्रौलाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आबद्ध स्रोत ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘लेनदेन सम्झौतामा गठबन्धनको जोड‘ शीर्षकको काठमाडौं डेटलाइनको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः संघीय समाजवादी फोरम–नेपालका नेताहरू, वार्ताकारहरू, मधेसी नेताहरू र गठबन्धनमा आबद्ध नेताहरू । यो समाचारमा बाइलाइन छैन ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘प्राधिकरणको घाटा १२ अर्ब‘ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विकास थापाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेपाल विद्युत प्राधिकरणका एक अधिकारी, प्राधिकरणका अर्का एक अधिकारी ।

नागरिकमा प्रकाशित ‘पुनर्निर्माणमा दाताको मनपरी‘ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रवीण ढकालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्रोत र स्रोत ।

नागरिकमा प्रकाशित ‘निधिको नेतृत्वमा कांग्रेस सरकारमा‘ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः देउवा निकट स्रोत दुई ठाउँमा, स्रोत, कांग्रेसका एक नेता र कांग्रेसका एक केन्द्रीय सदस्य ।

कान्तिपुरमा प्रकाशित ‘गठबन्धनसँगको सहमति, बिथोलियो बीचमै‘ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक उच्च नेता ।

कान्तिपुरमा प्रकाशित ‘काउन्सिलमै हस्तक्षेप’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण ज्ञवालीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन छ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः उच्च स्रोत, आईओएम स्रोत, दुई ठाउँमा काउन्सिल स्रोत, स्रोत र काउन्सिलका एक सदस्य ।

साउथ एशिया चेक / आइतबार, साउन २३, २०७३ 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री