लोकमानको नियुक्तिका बेला त्यसको विरोध गर्ने शेखर मात्र थिएनन्

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २०७३ कात्तिक २२ गतेको अन्नपूर्ण पोस्ट्‍मा प्रकाशित लेखमा भनेका छन्:

अहिले लोकमानसिंहको महाभियोगका पक्षमा चर्को आवाज उठाउने क्रान्तिकारीहरू लोकमानको नियुक्तिको समयमा कहाँ थिए जतिबेला लोकमानसिंहलाई नियुक्ति गरियो, त्यतिबेला उनलाई कुनै पनि हालतमा अख्तियार प्रमुख बनाउन हुँदैन भनेर आवाज उठाउने व्यक्ति  मात्रै थिएँ  नेपाली कांग्रेसमा मात्र होइन, नेपालको राजनीतिमै  एक्लो थिएँ, लोकमानविरूद्ध उभिने  व्यावहारिक  कानुनी दुवै हैसियत गुमाएका व्यक्तिलाई अख्तियार जस्तो गरिमामय संस्थाको प्रमुख बनाउँदा जनआन्दोलन – को मर्म  भावनामा आँच आउँछ भनेर आफ्नै पार्टीभित्रका नेताहरूलाई हात जोडें, तर त्यसको कुनै सुनुवाइ भएन 

साउथ एशिया चेकले कोइरालाको यो भनाइ सही हो कि होइन भनी जाँच्नका लागि लोकमानसिंह अख्तियारमा नियुक्त हुनुअघि र भइसकेपछिका केही दिनका कान्तिपुर दैनिकमा आएका सामग्रीको अध्ययन गरेको छ ।

शेखरले आफू त्यसो गर्ने एक्लो राजनीतिज्ञ भनेकाले यहाँ राजनीतिभन्दा अरू क्षेत्रबाट विरोध गर्नेहरू बारे उल्लेख छैन ।

२०६९ साल फागुनको अन्त्यमा नेपालका प्रमुख दलहरू सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन गर्न सहमत भएका थिए । त्यसका आधारमा २०६९ साल चैत २ गते खिलाराज रेग्मी सरकारप्रमुख भए ।

यसको दुई दिनपछि चार प्रमुख राजनीतिक शक्ति एनेकपा (माओवादी), नेपाली कांग्रेस,  नेकपा (एमाले) र मधेसी मोर्चाले गठन गरेको उच्चस्तरीय राजनीतिक समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्न सरकार प्रमुख खिलराज रेग्मीलाई सिफारिस गर्‍यो ।

यसो गरेको भोलिपल्टै एमाओवादीका उपाध्यक्ष नारायणकाजीले विरोध गरे ।

नेपाली कांग्रेसका केही नेताले पनि यस कामको विरोध गरे । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले निर्वाचन आयोग र सर्वोच्चका न्यायाधीशबाहेक अरु कुनै पनि नियुक्ति गर्नुको अर्थ छैन भनी विरोध गरे ।

लोकमानलाई प्रमुख आयुक्त बनाउन सिफारिस गर्ने कामबाट असन्तुष्ट भएका कांग्रेसी नेताहरूले यसको विरोधमा बैठक गरे । बैठकमा गोपालमान श्रेष्ठ, सुजाता कोइराला शेखर कोइराला, गगन थापा र धनराज गुरूङलगायतका नेता थिए ।

नेकपा एमाले का युवराज ज्ञवालीलगायतका नेताले पनि यस कदमको विरोध गरेका थिए ।

यसको अर्को दिन नेपाली कांग्रेसका शेखर कोइराला पूर्णबहादुर खड्का गोपालमान श्रेष्ठ बलबहादुर केसी चन्द्र भण्डारी गगन थापालगायतले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेर कार्कीलाई अख्तियारमा ल्याउने काम नगर्न अनुरोध गरेका थिए । समाचारअनुसारसभापति कोइरालाले चूप लागेर यो कुरालाई टारिदिए ।

यसको केही समयपछि एमालेको पोलिटब्यूरोले कार्कीलाई अख्तियारमा लान सिफारिस गर्ने कुराको विपक्षमा निर्णय गर्‍यो । ३३ वटा साना दलहरूको गठबन्धनले पनि यो कामको विरोध गर्‍यो ।

पोलिटब्यूरो बैठकको यस्तो निर्णयपछि एमाले अध्यक्ष झलनाथ खनालले कार्कीलाई कुनै पनि हालतमा अख्तियार प्रमुख बनाउन नसकिने कुरा ब्यक्त गरे ।

खनाल उच्च स्तरीय राजनीतिक समितिमा थिए जसले कार्कीलाई अख्तियारको प्रमुख बनाउन सिफारिस गरेको थियो । आफ्नो बचाउ गर्न उनले भनेका थिएतीन दलले प्रस्ताव गरेपछि बैठकमाच सहमति हुन्छ भने ठीकै छ भनिएको मात्रै हो ।

यसो भनेको भोलिपल्ट खनालले यस प्रसङ्गलाई छाडिदिनुपर्छ भनेका थिए ।

माधव नेपालले व्यक्तिका विरूद्धमा प्रतिकृया दिन मानेनन् भनी त्यतिखेर कान्तिपुरमा समाचार छापिएको थियो ।

एमालेका अर्का नेता केपी शर्मा ओलीले कुनै व्यक्तिका बारेमा खेदो खनेर नलाग्ने बताएका थिए ।

यसै बीच संवैधानिक परिषद्को बैठकले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो । यो बैठक बस्नुभन्दा केही घण्टापहिले कांग्रेस सभापति सुशील कोइरालाले कार्कीलाई कुनै पनि हालतमा अख्तियार प्रमुख हुन नदिने बताएका थिए ।

कार्की नियुक्त भइसकेपछि शेखर कोइरालाले यसको विरोध गरे । एमालेका शंकर पोखरेल प्रदीप ज्ञवाली तथा माओवादीका दिनानाथ शर्माले पनि कार्की नियुक्तिको विरोध गरेका थिए ।

अर्को दिन एमालेले कार्कीलाई अख्तियार प्रमुख बनाउन गरिएको सिफारिस स्वीकृत नगर्न राष्ट्रपतिलाई ज्ञापनपत्र बुझायो । ज्ञापनपत्र बुझाउन जाने टोलीमा एमालेका महासचिव शंकर पोखरेल अमृत बोहरा सुवासचन्द्र नेम्बाङ शंकर पोखरेल युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य मुकुन्द न्यौपाने विष्णु रिमाल प्रदीप ज्ञवाली घनश्याम भुषाल बिन्दा पाण्डे अग्नि खरेल भानुभक्त ढकाललगायतका नेता थिए ।

वैशाख २४ गते कांग्रेस सभापति सुशील कोइरालाले संवैधानिक परिषद्को सिफारिस सच्याउन आग्रह गरे । एमालेका माधव नेपालले कार्कीलाई गरिएको सिफारिस फिर्ता लिनुपर्छ भने ।

२०७० वैशाख २५ गते कार्की अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त भए । एमालेले विरोध गर्‍यो । अरू पार्टी बोलेनन् ।

यी जानकारीका आधारमा के भन्न सकिन्छ भने लोकमानसिंहलाई कुनै पनि हालतमा अख्तियार प्रमुख बनाउन हुँदैन भनेर आवाज उठाउने काम गरेको थिएँ भनी शेखर कोइरालाले गरेको दावी सही छ ।

तर ”नेपाली कांग्रेसमा मात्र होइननेपालको राजनीतिमै म एक्लो थिएँलोकमानविरूदद्ध उभिने” भन्ने कोइरालाको दावी चाहिँ सही छैन ।

स्रोतः २०६९ चैत ५, चैत ६, चैत ७, २०७० वैशाख १८, २१, २२, २३, २४, २५ र २६ गतेका कान्तिपुर दैनिक

मोहन मैनाली / शुक्रबार, कार्तिक २६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री