नेपाल जलस्रोतमा दोस्रो धनी देश होइन

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य प्रदिप पौडेलले कान्तिपुर टिभीमा पुष २४ गते प्रशारण भएको कार्यक्रम ‘साझा सवाल‘मा भनेः

जलस्रोतको दोस्रो धनी देश (नेपाल)केही अघिसम्म १८ घण्टा लोडसेडिङमा हुन्थ्यो।

नेपाल जलस्रोतको दोस्रो धनी देश हो भनेर धेरैले भन्ने गरेका छन्। र, नेपालमा धेरैले यो कुरालाई सही ठान्ने गरिन्छ।

साउथ एसिया चेकले पौडलको यो भनाई सही छ/छैन भनि जाँचेको छ।

नविकरणीय जलस्रोतलाई आधार बनाएर जलस्रोतमा कुन देश धनी अथवा गरिब छ भनेर मापन गर्ने गरिन्छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनले सन् २००३ मा एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो, जसमा नविकरणीय जलस्रोतका हिसाबले धनी तथा गरिब राष्ट्रहरूको पहिचान गरिएको थियो।

प्रतिवेदनअनुसार जलस्रोतका हिसाबले सबैभन्दा धनी नौ देशमा ब्राजिल, रुस, क्यानडा, इन्डोनेसिया, चीन, कोलम्बिया, अमेरिका, पेरु र भारत पर्छन्। यो सुचीमा नेपाल छैन।

तसर्थ, नेपाल जलस्रोतमा दोस्रो धनी देश हो भन्ने पौडेलको भनाई गलत छ।

सुजित मैनाली / बिहीबार, माघ ६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री