प्रधानमन्त्रीको ‘तथ्य’ तथ्य होइन मिथ्या

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

अप्रिल २ २०१७ मा रातोपाटीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्षको आर्थिक वृद्धिदरको जुन आंकलन भएको छ त्यसलाई २४ वर्षमा पहिलो पटक भएको भनी दावी गरेका छन् । उनले भनेका छन्

“६.२ भनेर आंकलन गरिया छ क्या आर्थिक वृद्धिदर । यो त २४ वर्षमा नभएको, २४ वर्षपछि पहिलो पटक । माओवादी नेतृत्वको सरकारका बेलामा नै यो । भन्ने हो भने सानो सानो चमत्कार नै भन्नुपर्छ यो…”

अलि अगाडि प्रधानमन्त्रीले यस्तै प्रसंगमा भनेका छन् “मान्छेले त त्यल्लाई माओवादीले गरेकोलाई जस दिन त चाहँदैनन् । हेर्नुस यहाँका ठूल्ठूला मिडिया पनि चाहँदैनन् । ठूला पूँजीपतिले चाहने कुरा भएन । पुराना पार्टी नेताले पनि चाहने कुरा भएन । तर अन्तिममा त तथ्य तथ्य नै हुँदोरहेछ नि त !”

साउथ एशिया चेकले प्रधानमन्त्रीको आर्थिक वृद्धिसम्बन्धी दावी सही छ कि छैन भनी जाँचेको छ ।

विश्व बैंकका (हेर्नुस् ग्राफिक्स्) अनुसार प्रधानमन्त्रीले भनेको अवधि अर्थात् २४ वर्षमा यति र यसभन्दा बढी आर्थिक वृद्धिदर दुई पटक (प्रक्षेपण मात्र भएको होइन) हासिल भएको थियो । सन् १९९४ मा नेपालको आर्थिक वृद्धिदर ८.२ प्रतिशत थियो । सन् २००० मा चाहिँ आर्थिक वृद्धिदर ६.२ प्रतिशत थियो ।

सन् १९८१ देखि सन् २०१४ सम्मको आर्थिक वृद्धि दर

त्यसैले प्रधानमन्त्रीले तथ्य भनी दावी गरेको यो कुरा मिथ्या ठहर्छ ।

 

प्रधानमन्त्री दाहालको पूरा अन्तर्वार्ताको लागि यहाँ क्लिक् गर्नुहोस् ।

तस्वीर ः बिक्रम राई

साउथ एशिया चेक / बुधबार, चैत्र ३०, २०७३

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री