निर्वाचनपछि महिला प्रतिनिधित्व बढ्नेछ
South Asia Check / शुक्रबार, मंसिर २०, २०७६
नेपालको संविधान–२०७२ मा राज्यका निर्वाचित निकायहरूमा महिला प्रतिनिधित्व वृद्धि गर्ने विभिन्न प्रावधान छन्। संविधानमा उल्लेख भएबमोजिम तीन तह (संघीय संसद्, प्रदेश सभा र स्थानीय तह) को निर्वाचन भएमा यी निकायमा महिलाको प्रतिनिधित्व वृद्धि हुनेछ।
संघीय संसद्
संविधानको धारा ८४(१) अनुसार प्रतिनिधिसभाको सदस्य संख्या दुई सय ७५ हुनेछ। धारा ८४ को उपधारा ८ अनुसार सबै राजनीतिक दलबाट निर्वाचित हुने संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) सदस्यमध्ये एक तिहाइ महिला हुनैपर्छ। प्रत्यक्ष निर्वाचन प्रणाली र राष्ट्रिय सभा निर्वाचन मण्डलबाट एक तिहाइ महिला निर्वाचित हुन नसकेमा समानुपातिक निर्वाचन प्रणालीबाट भए पनि दलहरूले महिलाको मात्रा एक तिहाइ पुर्याउनै पर्छ।
राष्ट्रिय सभा
संविधानको धारा ८६ को उपधारा २ अनुसार राष्ट्रिय सभामा ५९ सदस्य रहनेछन्। उपधारा २(क) अनुसार प्रत्येक प्रदेशबाट कम्तीमा तीन जनाका दरले २१ जना महिला राष्ट्रिय सभा सदस्य हुनेछन्। उपधारा २(ख)अनुसार राष्ट्रपतिबाट मनोनित हुने तीन जना राष्ट्रिय सभा सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्छ। यसरी निर्वाचनपछि राष्ट्रिय सभामा कम्तीमा २२ जना महिला सदस्य हुनुपर्छ, जुन राष्ट्रिय सभाका कूल सदस्यको करिब ३७ प्रतिशत हो।
प्रदेश सभा
धारा १७६ को उपधारा ९ अनुसार सबै राजनीतिक दलबाट निर्वाचित हुने प्रदेश सभा सदस्यमध्ये एक तिहाइ महिला हुनैपर्छ। प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक तिहाइ महिला निर्वाचित हुन नसकेमा समानुपातिक निर्वाचन प्रणालीबाट भए पनि एक तिहाइ पुर्याउनै पर्छ।
गाउँ कार्यपालिका
धारा २१५ को उपधारा ४ अनुसार गाउँ सभामा निर्वाचितमध्ये कम्तीमा चार जना महिला सदस्य गाउँ कार्यपालिकाका सदस्य हुनेछन्।
नगर कार्यपालिका
धारा २१६ को उपधारा ४ अनुसार नगर सभामा निर्वाचितमध्ये पाँच जना महिला नगर कार्यपालिकाको सदस्य हुनेछन्।
जिल्ला समन्वय समिति
धारा २२० को उपधारा ३ अनुसार जिल्ला सभाले कम्तीमा तीन जना महिला भएको बढीमा नौ सदस्यीय जिल्ला समन्वय समितिको चुनाउ गर्नेछ। जिल्ला समन्वय समितिले जिल्ला सभाका तर्फबाट गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ।
गाउँ सभा
धारा २२२(३) अनुसार गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिला निर्वाचित हुनेछन्।
नगर सभा
धारा २२३(३) अनुसार नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिला हुनेछन्।
सुजित मैनाली / बुधबार, फाल्गुण २५, २०७३
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत