सबै जिल्ला सदरमुकाममा मोटर बाटो पुगेको छैन

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

प्रधानमन्त्री शेरबहादुर देउवाले असार १८ गते कान्तिपुर टेलिभिजनबाट प्रशार भएको कार्यक्रम ‘साझा सवाल‘मा भनेः

‘(सबै जिल्लाका) सदरमुकामसम्म नै पहिले बाटो थिएन…नेपालमा अहिले सदरमुकाममा बाटो पुगेको छ सबै ठाउँमा।’

मोटल चल्ने बाटोबारे टिप्पणी गर्ने क्रममा देउवाले यसो भनेका हुन्। सदरमुकाम पुग्ने पैदल बाटो पहिल्यैदेखि छ।
साउथ एशिया चेकले प्रधानमन्त्री देउवाको यो भनाई सही छ/छैन भनेर जाँचेको छ।

सडक विभागका प्रवक्ता दयाकान्त झाका अनुसार डोल्पा र हुम्लाको सदरमुकाममा सडक पुग्न अझै बाँकी छ। हुम्लाको सदरमुकाम सिमिकोटलाई हिल्सा नाका हुँदै चीनबाट आएको बोटोले जोडेको भए पनि नेपालको सडकसञ्जालसँग यो अझै जोडिएको छैन।

आर्थिक वर्ष २०७४/७५ को बजेटमा खुलालु–लैफु–कालीकोट–सिमीकोट सडक एक वर्षभित्र हुम्ला जिल्ला सदरमुकामसम्म जोड्न र डोल्पा सदरमुकामलाई एक वर्षभित्र सडक सञ्जालमा जोड्न ३० करोड रूपैयाँ विनियोजन गरिएको छ (हेर्नुस् बुँदा नं ५९)। विनियोजित रकम आगामी साउनदेखि खर्च हुन सुरु हुन्छ।

तसर्थ, सबै जिल्लाका सदरमुकामसम्म सडक पुगेको छ भन्ने प्रधानमन्त्रीको दाबी गलत छ।

सुजित मैनाली / मंगलबार, आषाढ २०, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री