संघीय संसद्मा हुने महिला प्रतिनिधित्वबारे रविन्द्र अधिकारीको भनाई गलत

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेकपा (एमाले)का नेता रविन्द्र अधिकारीले पुष १६ गते ‘नेपाल लाइभ डटकम’सँग गरेको कुराकानीमा संघीय संसद्मा हुनुपर्ने महिला प्रतिनिधित्वबारे टिप्पणी गर्ने क्रममा भनेः

‘भोलि दुईटै जोड्दाखेरि पनि ३३ पर्सेन्ट नपुग्न सक्छ नि, त्यसबारे त संविधानले केही बोलेको छैन !’

यहाँ अधिकारीले संघीय संसद्मा दलहरूले ३३ प्रतिशत महिला पुर्याउनैपर्ने कुरा संविधानमा उल्लेख नरहेको बताएका छन् । तर, नेपालको संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ (अर्थात् ३३.३३ प्रतिशत) महिला हुनैपर्ने व्यवस्था गरिएको छ । यदी प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट र राष्ट्रिय सभाको निर्वाचनबाट चुनिएर संघीय संसद्मा आउने महिला सदस्यको संख्या कुल सदस्य संख्याको एक तिहाइ पुगेन भने दलहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट अपुग संख्या पूर्ति गर्नुपर्ने यसमा उल्लेख छ ।

तसर्थ, नेता अधिकारीको यो भनाई गलत छ ।

सुजित मैनाली / मंगलबार, पौष १८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री