आरक्षणविनै विधायिकामा पुग्न सक्षम समुदाय
South Asia Check / सोमबार, मंसिर २३, २०७६
नेपालमा अहिले चारैतिर समावेशीकरणसम्बन्धी बहस छ । यस्तो बहस बढी तथ्यसंगत बनोस् भनेर हामीले पञ्चायतकालदेखि अहिलेसम्मका केन्द्रीय विधायिकामा आरक्षण विना नै निर्वाचित भएका विभिन्न समुदायको प्रतिनिधित्वसम्बन्धी तथ्यांक प्रस्तुत गरेका छौं ।
कुन कुन समुदाय आरक्षणको व्यवस्था बिनै संसद्मा आफ्नो जनसंख्याको अनुपातमा वा सोभन्दा बढी प्रतिनिधि पठाउन सफल भएका छन् भनी हेर्न यसो गरिएको हो ।
पञ्चायती व्यवस्थाताका राष्ट्रिय पञ्चायतमा खस–आर्य समुदाय (जसमा ब्राह्मण र क्षेत्री प्रमुख छन्) को वर्चश्व थियो, जुन अहिलेको संसद्मा पनि कायम छ । अहिलेको संसद्मा यो समुदाय प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनसंख्याको अनुपातभन्दा डेढ गुणा बढी चुनिएको छ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि मधेसीहरूको प्रतिनिधित्व संसद्मा बढेको छ । पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाटै जनसंख्याको अनुपातभन्दा बढ्ता मधेसी प्रतिनिधि चुनिएका थिए । तर, प्रजातन्त्र स्थापनापछि संसद्मा मधेसका सबै समुदायको प्रतिनिधित्व समान ढंगले बढेको छ भन्ने चाहिँ होइन । पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ०.४ प्रतिशत मात्र मधेसी दलित चुनिएका थिए जबकी उनीहरू देशको कुल जनसंख्याको ४.७६ प्रतिशत छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनसंख्याको अनुपातमा चुनिन नसकेका मुख्य समुदाय दलित र मुसलमान हुन् । त्यसैले आरक्षणको बढी आवश्यकता पनि यी दुई समुदायलाई छ ।
नेवार, गुरुङ, लिम्बु, राई, थकाली, मधेसी ब्राह्मण, कायस्थ (मधेसी), राजपुत (मधेसी), यादवलगायत समुदायले आरक्षणबिनै प्रत्यक्ष निर्वाचन प्रणालीबाटै जनसंख्याको अनुपातसरह अथवा जनसंख्याको अनुपातभन्दा बढ्ता प्रतिनिधित्व गर्दै आएका छन् । उदाहरणका लागि, यादव र नेवार कुल जनसंख्याको क्रमशः ३.९८ र ४.९९ प्रतिशत छन्, जबकी दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ६.७ प्रतिशत यादव र ५.४ प्रतिशत नेवार चुनिएका थिए ।
सन्दर्भ सामाग्री
हाछेथु कृष्ण, शाह तुलनारायण र कामत राम कुमार । सन् २०१५ । पोलिटिक्स अफ रिप्रेजेन्टेसन इन नेपाल । काठमाडौंः नेपाल मधेस फाउन्डेसन ।
भोलान, कारे । सन् २०१५ । इलेक्सन्स इन नेपाल । काठमाडौंः हिमाल बुक्स ।
निर्वाचन अायाेग नेपाल
(सुजित मैनाली र इन्जिना पन्थीद्वारा तयार पारिएकाे)
साउथ एशिया चेक / शुक्रबार, चैत्र १६, २०७४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत