उपसभामुख नेकपाको सदस्य

Sanjog Shiwakoti / बुधबार, माघ १, २०७६

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्राइम टाइम्स टिभिमा प्रसार हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमसँगको अन्तर्वार्तामा २०७६ साल पौष २८ गते भनेका निम्न दुई कुरा सही छन कि छैनन् भनी साउथ एशिया चेकले जाँचेको छ:

पहिलो:

सत्तारुढ दलले पनि उमेदवारी दिन पाउँछ । उपसभामुख त त्या अहिले अध्यक्षता गरिरामात्र हो…निर्वाचन गराउने प्रयोजनको निम्ति अध्यक्षता गरिरहेको अवस्था हुन्छ । उपसभामुखले राजिनामा दिनै पर्दैन । सभामुखको निर्वाचन भएपछि स्वत: उपसभामुख चै एउटै दलको भयो भने खारेज हुन्छ ।

यस सम्बन्धमा नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा २ मा भनिएको छ, “प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन।”

हाम्रो संविधानमा उल्लेख भए अनुसार अन्य कुनै दलले उम्मेदवारी नदिएको अवस्थामा मात्रै सत्तारुढ दल(नेकपा)ले आफ्नै उमेदवारीमा सभामुख चयन गर्न सक्छ । यस अर्थमा खनालको यो दाबी गलत छ ।

दास्रो:

उपसभामुख नेपाल कम्युनिष्ट पार्टिको हुनुन्थ्यो हैन अहिले पनि हुनुहुन्छ ।

यस बारेमा नेपालको संविधान २०७२ मा उल्लेख छैन तर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा १ मा भनिएको छ, “प्रतिनिधि सभाको सभामुख वा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष वा उपाध्यक्ष वा प्रदेश सभाका सभामुख वा उपसभामुख निर्वाचित भएको कारण देखाई कुनै सदस्यले सम्बन्धित दलको सदस्यताबाट लिखित रुपमा राजिनामा दिएमा” दल त्याग गरेको मानिने छैन ।

उक्त ऐन बमोजिम सभामुख र उपसभामुखमा निर्वाचित भएपछि दिइएको राजीनामालाई समेत दल त्याग भएको मान्यता प्राप्त नहुने कुराले उपसभामुख अहिलेसम्म पनि नेकपाकै कार्यकर्ता रहेको ठहर गर्छ । यसरी हेर्दा उनको यो दाबी सही छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री