पूर्व मन्त्री बास्कोटाको दाबी गलत

Sanjog Shiwakoti / मंगलबार, मंसिर ९, २०७७

नेकपा नेता गोकुल बास्कोटा श्रोत: यूट्युव

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले २०७७ साल मंसिर ८ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए:

“आज करीब-करीब ९७ ठाउँमा यस्को टेस्ट हुन थाल्या छ, कोभिडको ।”

साउथ एसिया चेकले नेता गोकुल बास्कोटाको भनाइ कति सत्य छ भनी जाँच गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मंसिर ०८ गते प्रकाशित गरेको दैनिक ‘सिचुएसन रिपोर्ट #२८८’ का अनुसार नेपालमा हाल  कोभिड-१९ को परीक्षण  गर्ने प्रयोगशालाहरुको संख्या ७७ छ । तीमध्ये ४४ वटा सरकारी प्रयोगशालाहरु छन् भने ३३ वटा निजी प्रयोगशालाहरु रहेका छन् ।

तसर्थ नेपालमा करीब-करीब ९७ ठाउँमा कोभिड-१९ बाट संक्रमणको परीक्षण हुन्छ भन्ने नेता बास्कोटाको भनाइ गलत छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री