यस्ताे छ युक्रेनमा रुसले हालै गरेकाे आक्रमणकाे भन्दै फैलाइएका फाेटाेकाे वास्तविकता
South Asia Check / शनिबार, फाल्गुण १४, २०७८
युक्रेनमा रुसले आक्रमण गरेसँगै सामाजिक सञ्जाल प्रयाेगकर्ताले केही दिनयता त्यसम्बन्धी सामग्री शेयर गरेका छन्। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा युक्रेनमा जारी युद्धका भन्दै विभिन्न फोटोहरु शेयर भइरहेका छन्। फेसबुकमा शेयर गरिएका ती फोटोमध्ये एक क्षतविक्षत अवस्थामा रहेको एउटा चोक देखाइएकाे छ । त्यस्तै अर्को फोटोमा एउटा घरकाे भग्नावशेषमा एक बच्चा उभिरहेकाे देखिन्छ । तेस्राे फोटोमा युद्धमा प्रयोग हुने बख्तरबन्द गाडि देखिएको छ। यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सैनिक पाेशाकमा युद्धमा होमिएको भन्दै उनको तस्बिर भाइरल भइरहेको छ। हामीले यी तस्बिरको तथ्य जाँच गरेका छौँ। कतिपय प्रयाेगकर्ताले युक्रेनकाे घटनालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन अनुदानसँग पनि जाेडेका छन् ।
पहिलाे तस्बिर
कलाकार राजीव जङ्ग बस्नेतले युक्रेनलाई हेराै भन्दै लामाे स्टाटससहित शेयर गरेका तीन फाेटाेमध्येकाे यसमा राताे लुगा लगाएकाे एक बच्चा भत्किएकाे भवनबाट बाहिर हेरिरहेकाे देखिन्छ । याे तस्बिर युक्रेनकाे नभई सन् २०२१ काे मे २२ मा प्यालेस्टाइन र इजरायलकाे युद्धबिराम पछिकाे भएकाे फेला परेकाे छ । फाेटाेग्राफर फतिमा स्बैरले गेटि इमेजेजका लागि खिचेकाे याे फाेटाे अमेरिकी अनलाइन इन्टरसेप्टले प्रकाशित गरेकाे छ ।
दाेस्राे तस्बिर
याे फाेटाे युक्रेनकाे राजधानी किएभस्थित इन्डिपेन्डेस स्क्वाएरको हो । तर यो फोटो सन् २०१४ फेब्रुअरीमा भएको प्रदर्शनकाे हो । समाचार एजेन्सी राेयटर्सकी ओल्गा याकिमोभिचले फेब्रुअरी २०१४ मा खिचेकाे सरकार विराेधी प्रदर्शनीको तस्बिरलाई केही फेरबदल गरी डेडस्टेट नामक अनलाइनमा छापिएकाे पाइयाे । याकिमाेभिचकाे तस्बिरबारे थप जानकारी राेयटर्सकाे वेबसाइटमा छ।
तेस्राे तस्बिर
याे फाेटाे युनियन करेज-२०२२ नामक रूस र बेलारुसको सयुक्त सैन्य अभ्यासका दौरान खिचिएको हो। यो फोटो अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेसका अलेक्जान्डर जेम्लियानीचेम्काे जुनियरले गत फेब्रुअरी १९, २०२२ मा खिचेका हुन्। याे सैन्य अभ्यास हालै भएकाे भएता पनि याे बेलारुसमा भएकाे थियाे । तसर्थ याे तस्बिर युक्रेनकाे हाेइन ।
चाैथाे तस्बिर
त्यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति समेत युद्धमैदानमा होमिएको भन्दै फोटोहरु शेयर गरिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सांसद काेमल वलीले यस्ताे पाेष्ट शेयर गरेकी छन्, “कलाकारिता भित्र लुकेको राष्ट्रवाद सैनिक पोसाकमा युक्रेन र युक्रेन जनताको सुरक्षाका लागि सडकमा निस्किएको हामीले देखेका छाैँ ।” उनले सैनिक पाेशाक लगाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिर शेयर गर्दै त्यस्ताे ट्वीट गरेकी हुन् । उनकाे ट्वीटमा ८ रिट्वीट र २४७ लाइक आएकाे छ । @kiranjoshi235 नामक ट्वीटर प्रयाेगकर्ताले पनि साेही फाेटाेसहित उस्तै ट्वीट अङ्ग्रेजीमा गरेका छन् ।
यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।
प्रविण भट्टकाे सहयाेगमा
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत