माथिल्लो तहका बाइस हजार नेपाली कर्मचारीले भारतको तलब खान्छन् ?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको प्रशासनिक क्षेत्रका माथिल्लो तहका कर्मचारीले भारतबाट तलब बुझ्छन् भनी भनेको कुरा विभिन्न सञ्चारमाध्यममा तीन महिनादेखि ठाउँ पाइरहेको छ ।

कात्तिक ११ गते मा एक वेबसाइटमा प्रकाशित समाचारमा बिजुक्छेलाई उद्धृत गर्दै भनिएको छ, “भारतको पैसा खाने २२ हजार निजामती कर्मचारीबाट जनतालाई सास्ती” । हेर्नुस् लिङ्क

उनको सोही भनाइ हालसालै अन्नपूर्ण पोस्ट  र उज्यालो अनलाइनमा  मा प्रकाशित उल्लेख छन् ।

साउथ एशिया चेकले बिजुक्छेलाई ती भनाइ उनका हुन् कि होइनन् भनेर सोध्यो । उनले भनेः (निजामति कर्मचारीबारे) अरूले भनेको कुरालाई मैले उल्लेख गरेको हुँ । माथिल्लो तहका २२,००० कर्मचारीबारे पत्रपत्रिकामा जे कुरा आएको छ त्यो मैले भनेको हुँ ।

बिजुक्छेले बारम्बार भन्ने गरेको कुरा नेपालको प्रशासनिक क्षेत्रका २२ हजार  कर्मचारीले भारतको तलब खान्छन भनी अरूलाई उद्धृत गर्दै भनेको कुरा सही हो कि होइन भनी साउथ एशिया चेकले जाँच गर्‍यो ।

कुनै कर्मचारीले भारतबाट तलब खान्छ कि खाँदैन भनी जाँच गर्ने उपाय त हामीसँग छैन । तर २२ हजार माथिल्लो तहका कर्मचारीले त्यसो गर्छन कि गर्दैन भनी जाँच गर्न हामीले माथिल्लो तह (अधिकृत स्तरका) का कर्मचारी कति छन् भनी खोज्यौं ।

सामान्य प्रशासन मन्त्रालयको निजामति किताबखानाले गत महिना तयार पारेको सूची अनुसार नेपालमा १४,४७३ जना मात्र राजपत्राकिंत कर्मचारी र स्वास्थ अन्तर्गत ६०६४ कर्मचारी (अधिकृत छैटौ देखि अधिकृत बाह्रौ) गरि जम्मा २०५३७ छन्। हेर्नुस् सूची

यी सबै कर्मचारीले भारतबाट तलब खान्छन् भन्ने मान्दा पनि त्यो संख्या २२ हजार पुग्दैन् । त्यसैले माथिल्लो तहका २२ हजार कर्मचारीले भारतबाट तलब खान्छन् भन्ने भनाइ गलत हो ।

 

भृकुटी राई / मंगलबार, पौष २१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री