पूर्व मन्त्री बास्कोटाको दाबी गलत
Sanjog Shiwakoti / मंगलबार, मंसिर ९, २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले २०७७ साल मंसिर ८ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए:
“आज करीब-करीब ९७ ठाउँमा यस्को टेस्ट हुन थाल्या छ, कोभिडको ।”
साउथ एसिया चेकले नेता गोकुल बास्कोटाको भनाइ कति सत्य छ भनी जाँच गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मंसिर ०८ गते प्रकाशित गरेको दैनिक ‘सिचुएसन रिपोर्ट #२८८’ का अनुसार नेपालमा हाल कोभिड-१९ को परीक्षण गर्ने प्रयोगशालाहरुको संख्या ७७ छ । तीमध्ये ४४ वटा सरकारी प्रयोगशालाहरु छन् भने ३३ वटा निजी प्रयोगशालाहरु रहेका छन् ।
तसर्थ नेपालमा करीब-करीब ९७ ठाउँमा कोभिड-१९ बाट संक्रमणको परीक्षण हुन्छ भन्ने नेता बास्कोटाको भनाइ गलत छ ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- साझा सरोकार यसरी हुँदैछ कोरोना खोप लगाउने तयारी
- तथ्य जाँच राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले गरेका दाबीको तथ्य जाँच
- तथ्य जाँच तस्बिरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ?
- सञ्चार माध्यम समाचारमा नाम नखुलेको स्रोतको प्रयोग (अक्टोबर १ – डिसेम्बर ३१,२०२०)
- साझा सरोकार संसद विघटनसम्बन्धी मुद्दा बारे जान्नै पर्ने तथ्यहरु
- तथ्य जाँच बिजुक्छेले गरे भारतीय पूर्व जासुसको पुस्तक उद्धृत गर्दै गलत दाबी