नेपालले उपयोग गरेका ऊर्जाका स्रोत

South Asia Check / बिहीबार, मंसिर १९, २०७६

दोलखामा निर्माणधीन माथिल्लो तामाकोशी जल विद्युत आयोजना

नेपालको हालको बिजुलीको मागः १२९१ मेगावाट

आपूर्तिः ७७० मेगावाट

बिजुलीको माग वार्षिक वृद्दि दरः ७.५६

स्रोतः नेपाल विद्युत प्राधिकरण

सन् २०१३ मा नेपालमा डिजेल जेनेरेटरबाट उत्पादन भएको बिजुलीः ५५० मेगावाट

स्रोतः पुल्चोक इन्जिनियरिङ क्याम्पसको अध्ययन

सन् २०१३ मा काठमाडौमा डिजेल जेनेरेटरबाट उत्पादन भएको बिजुलीः २०० मेगावाट

स्रोतः क्लीन इनर्जी नेपालको अध्ययन

गत वर्षको मात्र नेपालको पेट्रोलियम इन्धन आयातः रू ११२.१७ अर्ब

गत वर्षको नेपालको निर्यातः रु ८५.१९ अर्ब

स्रोतः वाणिज्य तथा आपूर्ति मन्त्रालय

यातायात क्षेत्रको इन्धन स्रोत

पेट्रोलियम पदार्थः ९९ प्रतिशत

बिजुलीः १ प्रतिशत भन्दा कम

वैकल्पिक उपाय

“बिजुली नभएर डिजेलबाट चल्ने जेनेरेटरको बिजुलीको लागि ३० रूपैँया प्रति युनिट खर्च गरिरहेका छन् भने, त्यसको आधा पनि नपर्ने सौर्य ऊर्जामा नै पैसा खर्चिन्थेः इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रका पूर्व प्राध्यापक जगन्नाथ श्रेष्ठ ।

शहरी सौर्य ऊर्जा प्रणाली अनुदान तथा कर्जा सुविधाः १०० – १५०० वाटसम्म बैंक मार्फत सरल कर्जा (२.२५ प्रतिशत ब्याजदरमा घरायसी तर्फ) र ५०० वाट वा सो भन्दा ठूला प्रणालीहरू जडान गरेबापत रू १५,००० जडान खर्च अनुदाने व्यवस्था ।

पर्याप्त विद्युत उत्पादन भए विद्युतीय गाडी चलाउँदा पेट्रोलियम पदार्थको खपत सजिलै घट्ने ।

“धेरै यात्री बोक्ने खालका यातायातका साधन बिजुलीले चलाउन सक्छौः पूर्व जलस्रोत मन्त्री तथा ऊर्जाविद् दिपक ज्ञवाली

“रोपवेलाई सामान बोक्न डिजेल गाडीको भन्दा प्रति टन आधा मात्र उर्जा चाहिन्छ ।”

 

भृकुटी राई / मंगलबार, मंसिर १५, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री