मधेस आन्दोलनमा शिक्षा

South Asia Check / बिहीबार, मंसिर १९, २०७६

तीन महिनासम्म बन्द भएको जिशिअ सिंहले बताए। ‘जिल्लाभरका झण्डै आधा विद्यालय १५ दिन मात्रै बन्द भए भन्ने हाम्रो आँकलन छ,’ उनले भने।

दशैं, तिहार, छठ, तिजआदि बिदा दिइने पर्व आन्दोलनकै बीचमा परेकाले त्यसताकाको एक महिनाजति विद्यालय बन्द हुँदा खासै असर नपरेको बिकन माध्यमिक विद्यालयका संस्थापक उपाध्यायले बताए। बाँकी दुई महिनामा पनि ‘वर्किङ डे’ ४५ दिन मात्र हुने भएकाले यति दिनमा भएको क्षति ‘कभर’ गर्ने जमर्को गरिरहेको प्रशिअ सिंहले बताए।

‘बिहानी सत्रमा कक्षा सञ्चालन भएदेखि चैत मसान्तसम्म शनिबार दिइने बिदा कटौती गर्दा २० दिनजति ‘कभर’ हुन्छ। त्यस्तै होली, सरस्वती पूजा, माघे संक्रान्तिजस्ता तराईका महत्वपूर्ण पर्वको बिदाबाहेक अन्य सार्वजनिक बिदा कटौती गर्दा थप १२ दिनजति ‘कभर’ हुन्छ। शुक्रबार पनि विद्यालयले ‘फुल पिरियड’ पढाउन थालेका छन्,’ उनले भने। कक्षा १० का विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्थासमेत गरिएको उनले बताए।

वीरगञ्जको मस्कट एकेडेमीमा कक्षा नौमा अध्ययनरत आस्था खनालले भनिन्, ‘हामीलाई चाहिँ कोचिङ अप्सनल गरिएको छ। सरहरूले घरमा बढी पढ्न भन्नुभएको छ। होमवर्क पनि बढी दिने गर्नुभएको छ।’

यस सामग्रीसँग सम्बन्धीत  यो लेख पनि पढ्नुहोस् 

मधेसका किसानः खर्च बढ्यो, आम्दानी घट्यो

सुजित मैनाली / मंगलबार, माघ २६, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री