नेपालको काठ दाउराबाट कति राजस्व आउँछ?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेपालमा वनले ५९ लाख ६२ हजार हेक्टर भू-भाग ओगटेको छ, जुन नेपालको क्षेत्रफलको ४०.३६ % हुन आउँछ। २०१६ मार्चमा प्रकाशित राष्ट्रिय वन स्रोत सर्वेक्षण प्रतिवेदन अनुसार नेपालको कुल वन क्षेत्रमध्ये संरक्षित क्षेत्र भन्दाबाहिर ४९ लाख २९ हजार हेक्टर (८२.६८%) र संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२%) रहेको छ।

तर वनविज्ञ डा. भरतकुमार पोखरेलका अनुसार नेपालको वनजङ्गल जुन रूपमा प्रयोग गर्न सकिन्छ, त्यो भैरहेको छैन। कात्तिक २२, २०७३ गोरखापत्रमा उनले भनेका छन् “हालको हैसियत नबिगारिकनै वर्षको ६० अर्बभन्दा बढीको योगदान वनले दिन सक्छ.. (तर) यसको आठ प्रतिशत मात्र हामीले अहिले उपयोग गरिरहेका छौं। वन जङ्गलको संरक्षण गर्ने र रूखै नकाट्ने दिशातिर मात्र गयौ।”

२०५९/ ०६० देखि २०७१ ०७२ सम्मका वन विभागको वार्षिक प्रतिवेदन अनुसार नेपालमा काठ, दाउराको बिक्रि वितरणबाट वर्षेनी २० करोड देखि ६० करोडको हाराहारीमा हुन्छ।

स्रोत – वन विभागको वार्षिक प्रतिवेदन  (तस्विरः बिक्रम राई)                                                                                                                                                                                                                                                                            

नेपालले अहिले सामुदायिक र साझेदारी वनमा आधुनिक ढंगले वन व्यवस्थापन गर्न थालेको छ। यस अन्तर्गत नयाँ रूखहरूलाई छिटो बढाउनका निम्ति नियमित समयमा बुढा रूखहरूलाई पालैपालो काटिन्छ जसले गर्दा डढेलो र वन फडानी पनि कम  गर्न सकिन्छ। वन मन्त्रालयले यस्ता आधुनिक र वैज्ञानिक ढंगले व्यवस्थापन गरेको वनबाट भूकम्पले असर पारेका घर, विद्यालय, अस्पताल र अरू संरचनाको लागि २००,००० क्युबिक मिटर काठ व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

*२०६३/६४ को वार्षिक प्रतिवेदन नपाइएकाले सो वर्षको तथ्याङ हामीले पाउन सकेनौँ ।

 

भृकुटी राई / मंगलबार, मंसिर ७, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री