जेठ ३१ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

           

द हिमालयन टाइम्समा प्रकाशित ‘राष्ट्रबैकलाई कमजोर बनाउने सुनियोजित प्रयासमा अर्थमन्त्रालय’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रुपक डि शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राष्ट्रबैक अधिकारीहरु र अर्थमन्त्रालयका अधिकारीहरु ।

द हिमालयन टाइम्समा प्रकाशित ‘बेपत्ता छानविन अयोगद्वारा उजुरी हाल्ने म्याद थप’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रामकुमार कामतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अयोगमा अबद्ध स्रोत ।

कान्तिपुरमा प्रकाशित ‘सविधानपछि साढे चार हजारलाई अंगीकृत’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः गृहस्रोत । यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित ‘एकै व्यक्ति जिल्ला इन्जिनियर र एलडिओ’ शीर्षकको राजविराजलाई डेटलाइन बनाएर जितेन्द्रकुमार झाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्थानीय मन्त्रालयस्रोत, स्रोत र कार्यालय स्रोत ।

रिपब्लिकामा प्रकाशित ‘बेनिजर भुट्टोदेखि ओबामापत्नीसम्म: एक नेपाली महिलाका झुटको चिरफार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः गेट कलेजका अधिकारीहरु । यो समाचारमा बाईलाइन छैन ।

साउथ एशिया चेक / शनिबार, आषाढ ४, २०७३ 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री