मन्त्रीहरूको सम्पत्ति : पहिले र अहिले

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

मंसिर २९, २०७३ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारमा भएका ३० जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्यो।

माआवादी केन्द्रका मन्त्रीहरूमध्ये हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा र उर्जा मन्त्री जनार्दन शर्माले २०६०/६१ मा सार्वजनिक गरेको सम्पत्ति विवरण र गत साताको विवरणलाई तुलना गर्यौ। त्यसैगरी कांग्रेस मन्त्रीहरूमध्ये हामीले उप-प्रधानमन्त्री तथा गृह मन्त्री बिमलेन्द्र निधि सुशील कोइराला नेतृत्व सरकारमा २०७१ मा मन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण र अहिलेको विवरणसँग तुलना गर्यौ।

१२ वर्षको अन्तरमा प्रधानमन्त्री पुष्पकमल दाहालको जग्गा १ कट्ठा ७ धुर बाट १ कट्ठामा झरेको छ। त्यसैगरी सबैभन्दा बढी नगद जोड्नेमा उर्ना मन्त्री जनार्दन शर्मा पर्छन्। २०६०/६१ मा आफूसँद नगद नभएको विवरण दिएका थिए भने गत साताको विवरणमा मन्त्री शर्माले नगद ६० लाख सगोलमा र ९ लाख श्रीमतीको नाममा भएको उल्लेख गरेका छन्।

६० तोला सुन र १५० तोला चाँदी भएको गृह मन्त्री बिमलेन्द्र निधि अहिलेको सरकारमा सबैभन्दा धनी मन्त्रीहरूमध्ये पर्छन् । २०७१ मा उनको सम्पत्ति विवरणमा नगद ४५ लाख थियो भने अहिले विवरण त्यो रकम २० लाखले घटेर २५ लाखमा झरेको छ।

भृकुटी राई / शनिबार, पौष ९, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री