फागुन ४

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिकमा प्रकाशित ‘मोर्चा नमाने पनि जेठमा चुनाव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत र दुई ठाउँमा प्रधानमन्त्रीनिकट स्रोत ।

नागरिकमा प्रकाशित ‘डिडिसीविरुद्ध मुद्दा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर वसन्त खड्काले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित ‘उपभोक्तामा ‘हात्ती’ले बढायो हैरानी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विष्णु बेल्वासेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक विज्ञ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘दोस्रो अन्तरदेशीय लाइन सरकारी तहमा बनाउने प्रस्ताव, भारतद्वारा अस्वीकार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विकास थापाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेपाली अधिकारी र उर्जा मन्त्रालयका एक अधिकारी।

रिपब्लिकामा प्रकाशित ‘प्रधानमन्त्रीबाट ओली बाहिरएपछि ‘वान बेल्ट वान रोड’बारे अलमल गर्दै नेपाल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘चन्द नेतृत्वको माओवादी चन्दा  असुलतर्फ उन्मुख’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक व्यापारी। यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित ‘संशोधनप्रति एमाले लचक हुने संकेत’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेत र दुर्गा खनालले संयुक्त रूपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री निकट स्रोत, प्रधानमन्त्रीका उच्च तहका एक सहयोगी, प्रधानमन्त्री दाहालका सहयोगी, देउवाका निकट सहयोगी र स्रोत।

कान्तिपुरमा प्रकाशित ‘बुटवल–गोरखपुर प्रसारण लाइनको डीपीआर स्वीकृत’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम बानियाँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहमागि स्रोत ।

साउथ एशिया चेक / सोमबार, फाल्गुण ९, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री