यसरी फैलिन्छ गलत समाचार

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

अप्रिल २७ तारिख भारतीय समाचार वेबसाइट् न्यूज् एटिन् (news18.com) मा नेपालको स्थानीय चुनवाबारे समाचार आयो जसमा आउँदो स्थानीय चुनावमा “पहिलो पटक भारतीयहरूले नेपालको स्थानीय चुनाव लड्न पाउने” भनिएको थियो। त्यसको केही घन्टामा सो समाचारको हेडलाइन र समाचारमा उल्लेख गरिएको “भारतीय नागरिक”लाई “नेपालमा बसोबास गर्ने भारतीय मूलका मानिसहरू” भनी परिवर्तन गरिएको थियो (हेर्नुस् तस्वीर)

तर त्यतिन्जेलसम्म नेपालका सञ्चार माध्यमहरूमा न्यूज एटिनको समाचारलाई अाधार बनाएर तयार पारिएका “संविधान संशोधनपछि भारतीय नागरिकले नेपालमा मताधिकार पाउने भारतीय मिडियाको दाबी”जस्ता समाचार सामाजिक सञ्जालमा फैलिसकेकाे थियो ।

गलत समाचार सम्प्रेषण

न्यूज् एटिनमा मधेसीहरूले (मधेसीलाई समाचारमा भारतीय मूलका नागरिक भनिएकाे छ) पहिलो पटक नेपालको चुनावमा मतदान गर्न सक्ने र चुनावमा भाग लिन सक्ने भनिएको कुरा नै गलत छ। तराइमा बसोबास गर्ने सबै नेपाली नागरिकहरूलाई चुनाव लड्ने र मतदान गर्नबाट कहिले पनि वञ्चित गरिएको छैन। नेपालको पहिलो राष्ट्रपति रामवरण यादव मधेसी हुन् । नेपालमा विगतमा भएका स्थानीय तथा राष्ट्रिय चुनावहरूमा यसअघि पनि मधेसीलगायत तराइ मुलका नेपालीहरूले भाग लिएका छन् र जितेका पनि छन्। त्यसैगरी संविधान संशोधन र चुनावमा मधेसवादी दलहरूलाई सहभागि गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले चालेका कदमहरूबारे पनि सो समाचारमा स्पष्ट रूपमा प्रष्टाइएको छैन।

यति हुँदा हुँदै पनि नेपाली सञ्चार माध्यमहरूमा यो समाचार आइपुग्दा कुनैमा पनि न्यूज् एटिनले गरेको “दाबी”लाई खन्डन गर्नेगरि नेपालको वास्तविक अवस्था चाहिँ के हो भनी उल्लेख भएको छैन्। फलस्वरूप सामाजिक सञ्जालमा त्यही गलत दाबी नै सम्प्रेषण हुन पुग्यो।

 

 

प्रतिभा रावल / शुक्रबार, बैशाख १५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री