असार २०

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘अफिस जाँदैनन् माओवादी नेता’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रामकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता, केन्द्रीय कार्यालय स्रोत र एक नेता ।

नागरिकमा प्रकाशित ‘महँगो मेसिन किन्दै वीर, अनियमितताको आशंका’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विष्णुप्रसाद अर्यालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, एक चिकित्सक र वीरका एक प्रशासक।

रिपब्लिकामा प्रकाशित ‘अगामी कदमबारे राजपा अन्योलमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका एक नेता। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित ‘४१ लाख अमेरिकी डलर पर्ने असाध्यै महँगो रेडियोथेरापि मेसिन किन्दै वीर’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विष्णुप्रसाद अर्यालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वीर अस्पतालका डाक्टरहरू र वीर अस्पतालका प्रशासकहरू।

कान्तिपुरमा प्रकाशित ‘महरा–स्वराज भेटवार्ता’ शीर्षकको नयाँदिल्लीलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी। यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित ‘दल दर्ता गर्दै राजपा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा स्रोत र अध्यक्ष मण्डलका एक नेता।

द काठमाडौं पोस्ट्मा प्रकाशित ‘बाढी नियन्त्रण गर्न ३७ करोड रूपैयाँ खर्च गरिए पनि काम दिएन’ शीर्षकको राजविराजलाई डेटलाइन बनाएर अब्देशकुमार झाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक बाढीपिडित ।

 

साउथ एशिया चेक / मंगलबार, आषाढ २७, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री