साउन २५

South Asia Check / बुधबार, मंसिर २३, २०७२

रिपब्लिकामा प्रकाशित “अख्तियारले फेवाताल अतिक्रमणबारे अनुसन्धान सुरु गर्‍यो” शीर्षकको पोखरालाई डेटलाइन बनाएर सन्तोष पोखरेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पोखरा-लेखनाथ महानगरपालिका एक इन्जिनियर।

रिपब्लिकामा प्रकाशित “राप्रपाको फुटले संसोधन विधेयकमाथि हुने मतदानमा असर गर्ने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कोषराज कोइरालाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सत्तारुढ दलहरुका शीर्ष नेताहरु, एक नेता र सत्तारुढ दलका एक नेता।

नागरिकमा प्रकाशित “फेवाताल अतिक्रमण शृंखला, अख्तियारले बढायो चासो” शीर्षकको पोखरालाई डेटलाइन बनाएर सन्तोष पोखरेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पोखरा-लेखनाथ महानगरपालिका एक इन्जिनियर र फेवाताल संरक्षण उच्चस्तरिय आयोगका तत्कालीन पदाधिकारी।

 

साउथ एशिया चेक / बिहीबार, साउन २६, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री