कात्तिक १७ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द हिमालयन टाइम्समा प्रकाशित राम सर्राफले वीरगन्ज डेटलाइनमा तयार पारेको समाचार “पुलिस र प्रदर्शनकारी बीच झडप” मा नाम नखुलाइएको जमुनाहा इलाका प्रहरीको स्रोतलाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित उपेन्द्र यादव र मदन ठाकुरले काठमाडौं र वीरगन्ज डेटलाइनमा तयार पारेको समाचार “वीरगन्जमा अप्रत्याशित तनाब” मा मृतक आशिष कुमारको नाम नखुलाइएको परिवार स्रोतलाई उद्धृत गरिएको छ ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “भारतको असहयोगले सीमा खोल्न असफल  गृह” मा नाम नखुलाइएका दुई जना मन्त्री र नाम नखुलाइएका अर्का एक अधिकारीलाई उद्धृत गरिएको छ । यसमा कुनै बाइलाइन छैन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित सन्तोष घिमिरेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “सीमापारिबाट आक्रमणपछि वीरगन्जमा जबाफी कारबाही” मा नाम नखुलाइएको बालुवाटार स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित भूषण यादवले वीरगन्ज डेटलाइनमा तयार पारेको समाचार “नाका खोल्न खोज्दा तनाव” मा नाम नखुलाइएका एक प्रत्यक्षदर्शीलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / बुधबार, कार्तिक १८, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री