कात्तिक २ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘संविधान कहिले संशोधन हुन्छ?’ शीर्षकको काठमाडौं र नयाँदिल्लीलाई डेटलाइन बनाएर सन्तोष घिमिरे र आकांक्षा शाहले संयुक्त रुपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः भेटमा सहभागी एक नेपाली अधिकारी, भारतीय एक अधिकारी, स्रोत र नेपाली टोलीमा संलग्न एक अधिकारी ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘नेपालले चाहे इन्धन दिन चीन तयार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः खनालनिकट स्रोत र परराष्ट्र मन्त्रालयका एक अधिकारी । यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘ओली मन्त्रीपरिषद्मा १८ जना’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः एमालेका नेताहरू, एमाले पार्टीभित्रकाहरू, स्रोतहरू, एक नेता र अर्का एक नेता । यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘मधेसी आन्दोलनकारीले हाइवेमा कुद्ने यात्रुबाहक बसलाई तारो बनाउँदै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मिथिलेश यादवले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः सुरक्षा अधिकारीहरू, सवारी साधनलाई एस्कोर्टिङ गर्ने सुरक्षा अधिकारीहरू र यात्रुबाहक बस चालकहरू ।

कान्तिपुरमा प्रकाशित ‘नाकाबन्दी तत्काल ‘नखुल्ने” शीर्षकको नयाँदिल्लीलाई डेटलाइन बनाएर देवेन्द्र भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, भारतीय विदेशमभन्त्रालयका एक अधिकारी, भारतीय विदेशमन्त्रीसँगको भेटवार्तामा सहभागी एक नेपाली अधिकारी, स्रोत र वार्तामा सहभागी एक उच्च अधिकारी ।

कान्तिपुरमा प्रकाशित ‘चीनले माग्यो ठोस प्रस्ताव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चन्द्रशेखर अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः परराष्ट्र अधिकारी ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘भारतद्वारा तत्काल नाकाबन्दी नखोल्ने संकेत’ शीर्षकको नयाँदिल्लीलाई डेटलाइन बनाएर देवेन्द्र भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘चाँडबाडमा बन्द खुकुलो गर्दैनौं : मोर्चा’ शीर्षकको नयाँदिल्लीलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः सदभावना पार्टीका एक नेता । यो समाचारमा बाइलाइन छैन ।

साउथ एशिया चेक / बुधबार, कार्तिक ११, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री