भदौ २२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

अन्नपूर्णा पोष्ट्मा प्रकाशित चिरञ्जीवि ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “एमाओवादीले रोक्यो प्राधिकरण विधेयक” मा नाम नखुलाइएको एक स्रोत र नाम नखुलाइएका संसदका उच्च अधिकारीलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित जोननारायण पराजुलीले काठमाडौं डेटलाइनमा तयार पारेको “सरकारको ढीलासुस्तिप्रति दाताहरू चिन्तित” मा नाम नखुलाइएका एक कुटनीतिज्ञलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित दीपक दाहालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पहिलो बुँदा नै उल्ङ्घन” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा तयार गरिएको समाचार “आजदेखि दफावार छलफल” मा नाम नखुलाइएका संविधान सभा सचिवालयका एक अधिकारीलाई उद्धृत गरिएको छ।

– साउथ एशिया चेक / बुधबार, भाद्र ३०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री