भदौ ८

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द हिमालयन टाइम्समा प्रकाशित ‘टीकापुर झडपमा मारिने आठमध्ये एसएसपी पनि’ शीर्षकको धनगढीलाई डेटलाइन बनाएर टेकेन्द्र देउवाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः प्रहरी स्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘प्रधानमन्त्री राहत कोषबाट भएको खर्च देखाएनन् मन्त्रालयले’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजन पोख्रेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः पशु स्वास्थ्य निर्देशनालयका एक उच्च अधिकारी र गृहमन्त्रालय स्रोत ।

नागरिकमा प्रकाशित ‘एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या’ शीर्षकको धनगढीलाई डेटलाइन बनाएर दिलबहादुर छत्यालले तयार पारेको समाचारमा नाम उल्लेख नगरी एउटा स्रोतलाई उद्धृत गरिएको छः प्रत्यक्षदर्शी ।

नागरिकमा प्रकाशित ‘आक्रमण पूर्वनियोजित, सुरक्षामा चुक’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरी एउटा स्रोतलाई उद्धृत गरिएको छः एक सुरक्षा अधिकारी ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘टीकापुर झडपमा आठ मारिए’ शीर्षकको टीकापुरलाई डेटलाइन बनाएर गणेश चौधरी र मोहन बुढाऐरले तयार पारेको समाचारमा नाम उल्लेख नगरी दुईटा स्रोतलाई उद्धृत गरिएको छः प्रत्यक्षदर्शी र स्थानीय प्रत्यक्षदर्शी ।

कान्तिपुरमा प्रकाशित ‘टीकापुर झडप हिंसात्मक’ शीर्षकको टीकापुरलाई डेटलाइन बनाएर गणेश चौधरी र मोहन बुढाऐरले तयार पारेको समाचारमा नाम उल्लेख नगरी दुईटा स्रोतलाई उद्धृत गरिएको छः स्थानीय र सुरक्षास्रोत ।

-साउथ एशिया चेक / बिहीबार, भाद्र १०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री