समाचारमा नाम नखुलेका स्रोतको प्रयोग (अक्टोबर – डिसेम्बर २०१९)
South Asia Check / सोमबार, पौष २१, २०७६
सन् २०१९ को अक्टोबर १ देखि डिसेम्बर ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने ६ वटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा कान्तिपुर सबैभन्दा अगाडि रह्यो । उसले २६४ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।
साउथ एसिया चेकले कान्तिपुर, अन्नूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।
कान्तिपुरपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः द काठमाण्डौं पोस्ट्, नागरिक, अन्नपूर्ण पोस्ट् र रिपब्लिका छन् । यस अविधमा स्रोत नखुलेको सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ६४ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ ।
यस अवधिमा ६ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ११७४ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए ।
सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीति सम्बन्धी समाचार बढी छापेका थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (६१५ ठाउँमा) उद्धृत गरिएको थियो । द काठमाण्डौं पोस्ट् र नागरिकमा प्रकाशित राजनीति सम्बन्धि समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: १४० र १२४ ठाउँमा) उद्धृत गरिएको थियो ।
राजनीतिपछि कुटनीति सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (१३५ ठाउँमा) उद्धृत गरिएको थियो ।
समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरको पत्रकार आचारसहिंता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । श्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’
स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ ।
उदाहरणका लागि, नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘घरजग्गा ओरालोतिर’ शीर्षकको समाचारमा भनिएको छ –
उद्योगका नाममा बैँकबाट ऋण लिएर जग्गामा लगानी गर्ने प्रवृति बढेको छ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन् ।
त्यस्तै अङ्ग्रेजी भाषामा प्रकिशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘लैङ्गिक सीमा तोड्न जनगणनामा समेत मुश्किल’ शीर्षकको अर्को समाचारमा भनिएको छ –
“हामीले महिला र पुरुष बाहेक “अरु” भन्ने समूह पनि अघिल्लो जनगणनामा राखेका थियौँ । तर पनि उनीहरूको संख्या करिब १५०० मा मात्र सिमित रह्यो”, केन्द्रीय तथ्याङक विभागका एक अधिकारीले भने । “केन्द्रीय तथ्याङ्क विभागले उनीहरूको संख्या वास्तविक भन्दा कम उल्लेख भएको अनुमान गर्दै प्रकाशित गरेन”, उनले थपे ।
यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदन ।
अनावश्यक ठाँउमा नाम विनाको स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।
यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत